१६ मंसिर ,हेटौंडा। लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदावर रहेका महालक्ष्मी उपाध्याय डीना र प्रदेशसभा सदस्यका उम्मेदवार रहेका इन्द्रबहादुर बानियाँलाई नयाँ शक्ति नेपाल पार्टीले सघाउने भएको छ ।
शनिबार बस्तीपुरमा भएको लोकतान्त्रिक गठबन्धनको आमसभामा नयाँ शक्ति नेपाल पार्टीका नेता राजकुमार भेटवालले डीना र बानियाँलाई सघाउने घोषणा गरे । ‘सही समयमा सही निर्णय गर्ने उद्देश्यले हामीले काँग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका हौँ’, भेटवालले भने, ‘प्रत्यक्षतर्फ काँग्रेसका उम्मेदवारलाई नयाँ शक्तिले समर्थन गर्नेछौँ । समानुपातिकमा नयाँ शक्तिलाई सहयोग हुनेछ भन्ने आशा राखेका छौँ ।’ भेटवालले वाम गठबन्धनको भ्रमको पछि नलाग्न अनुरोध गर्दै काँग्रेसबाट इमान्दार एवम् विकासप्रेमी नेता रहेकोले ढुक्क भएर मतदान गर्न अनुरोध गरे ।
हेटौंडा १९ नम्बर वडामा अब लोकतान्त्रिक गठबन्धनसंग ६६ प्रतिशत मत रहेको उनले दावी गरे । कम्युनिष्टहरुले अहिलेसम्म मकवानपुर जिल्ला लालकिल्ला भनेर उफ्रिने काम बाहेक अरु केही नगरेको भन्दै फेरि पनि भ्रम छर्दै झुटको खेति गर्न आएका कम्युनिष्ट नेतालाई भोट दिनु भनेको पछुताउनु मात्रै भएको राजकुमार भेटवालले बताए ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















