Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विपदबाट हुने क्षति न्यूनिकरणको लागी सशस्त्रको डेमो प्रदर्शन

ree-1684806137.JPG

९ जेठ, हेटौंडा । विपदबाट हुन सक्ने क्षतिको न्यूनिकरणको लागि पूर्व तयारी स्वरुप सशस्त्र प्रहरी बल नेपाल नं १४ गण मकवानपुरले सोमबार डेमो प्रदर्शन गरेको छ । 
हेटौडा ११ स्थित राप्तीखोलामा रहेको झोलुङ्गे पुल मुनि विपद्ले पु¥याउने क्षतिलाई न्यूनिकरण गर्न सकिने उपायहरुका लागी जल विपद् उद्धार सम्बन्धी अभ्यासहरु प्रस्तुत गरीएको हो ।  प्रकोप पश्चात उद्धार सुरक्षकर्मीहरुको भुमिका कस्तो रहने र सुचना प्रवाहमा कसरी ध्यान दिने भन्ने कुरा सशस्त्र प्रहरीहरुद्धारा अभ्यास प्रस्तुत गरीएको थियो ।
अभ्यास पश्चात कार्यक्रमलाई सम्बोधन गर्दै हेटौडा उपमहानगरका प्रमुख मीना कुमारी लामाले विपद्को बेलामा हतोत्साहित नभईकन स्थानीय श्रोत साधनको सही तरिकाले उपभोग गर्न सकेमा आफु सुरक्षित रहनुका साथै समुदायका अन्य व्यक्तिहरुलाई समेत सोही विधिको प्रयोगद्वारा सुरक्षित पार्न सकिने सन्देश दिन यस्ता अभ्यासहरुले चेतना फैलाउने बताईन् ।
उनले विपदबाट बचाउने प्राबिधिक सामाग्रीहरु खरिदका लागी उपमहानगरले थालनी गरीसकेको बताउदै विपद् आउनुपुर्वनै यसबाट सचेत रहन नागरिकहरुलाई आग्रह पनि गरिन् ।
यस्तै कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव ध्रुव गैडाले सशस्त्र प्रहरीद्धारा सचेतनाका लागी विपदबाट बच्न देखाईएको प्रत्यक्ष अभ्यासले पनि जनधन क्षतिहुनबाट कम हुने विश्वास व्यक्त गरे । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले विपदका बेला सबैभन्दा पहिला मानवीय क्षतिबाट बच्ने उपायहरु अवलम्बन गर्न यस्ता अभ्यासहरुले सहयोग पुग्ने बताए । उनले जोखिमका बेला आत्तिएर भन्दा पनि आफै चनाखो भएर सुरक्षा निकायको सहयोग लिन तर्फ लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं १४ गण हेडक्वाटर मकवानपुरका गणपति अनिल कार्कीले सशस्त्र प्रहरी बल नेपालको स्थापनाकाल देखि नै विभिन्न किसिमका प्रकोपहरू भुकम्प, सडक दुर्घटना, बाढीपहिरो, आगलागी जस्ता मानवीय तथा प्रकृतिक प्रकोपहरुमा उद्धार कार्य तथा जोखिम न्यूनीकरणका लागीे काम गर्दै आएको जानकराी दिए ।
नेपालमा वर्षेनी जल उत्पन्न प्रकोपकै कारण धेरै जनधनको क्षति हुने गरेको बताउदै गणपती कार्कीले कुनै पनि विपद् र विपद्सँग सम्बन्धित जनचेतना अभिवृद्धि तथा विपद् पश्चात तत्काल उद्धार कार्य गर्न सक्षम, कुशल एवं तालीम प्राप्त दक्ष जनशक्ति उत्पादनका साथ साथै विभिन्न किसिमका प्रकोपका घटनाहरुबाट जनधनको क्षतिबाट बचाउन सचेतना सहित यो कार्यक्रमको आयोजना गरीएको बताए ।
अभ्यासमा उद्वारकर्ताहरुले पानी जन्य बपदबाट बच्नको लागि स्थानिय स्तरमा प्राप्त हुने स्रोत साधनहरुवाट विभिन्न उपकरणहरु तयार पारी प्रदर्शन गरेका थिए । विपदबाट बच्न प्लाष्टिकको बोतललाई मालामा जोडेर कम्मरमा बाँधी पानिमा सजिलैसंग तैरिन सकिने, केराको थामलाई काठ तथा डोरीको सहायताले एक अर्कामा जोडेर प्रयोग गर्न सकिने, घरमा रहेको म्याट्रेसलाई सही तरिकाले प्रयोग गरी नदी तथा तलाउमा पौडीकला नभएका व्यक्तिहरु पनि सजिलैसंग पानीमा तैरिन सकिने लगाएतका प्रयोगहरु देखाईएको थियो । 
कार्यक्रममा नेपाली सेना गोरखबहादुर गणका गणपति गोविन्दराज घिमिरे, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय मकवानपुरका उपअनुसन्धान निर्देशक पप्पू शर्मा पौडेल, विभिन्न वडाका वडा अध्यक्षहरु, बिभिन्न संघ संस्था, क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षक एवं विद्यार्थीहरु तथा स्थानीय बासिन्दाहरुको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार