Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

देशको आर्थिक संकट प्रति बागमती सरकार सचेत छैनः एमाले

emale-1685060311.JPG

१२ जेठ , हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सरकार अहिलेको आर्थिक संकट प्रति सचेत नरहेको आरोप लगाएको छ । 
बिहीबार एमाले संसदीय दलको कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले सरकार वर्तमान आर्थिक संकटको सामना गर्नेगरि अगाडी नबढेको आरोप लगाएका हुन् ।
उनले प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी बर्षको नीति तथा कार्यक्रममाथीको सुझाव दिँदै सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा चालु खर्चमा कटौती गर्न र साधरण खर्च रोक्न सुझाव दिएपनि सरकारले वेवास्त गरेको दावी गरे । 
‘चालु खर्चलाई कटौती गर्न र साधरण खर्च रोक्न सुझाव दिएका थियौं । तर सरकारले ती सुझाव मान्नुको साटो मन्त्रीको संख्या बढाउँने र विना विभागीय मन्त्री बनाउँने जस्ता गैरजिम्मेवार काम गरेको छ ।’ उनले भने । 
प्रमुख सचेतक पौडेलले मन्त्रालयको संख्या १३ पु¥याउँने तयारी भइरहेको आरोप पनि लगाए । प्रमुख सचेतक पौडेलले सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाका साथै सबै मन्त्रालयहरुलाई एमालेका तर्फबाट सुझाव दिएको बताए । 
सरकारले प्रदेशमा प्रस्तुत गरेको बजेटको शिद्धान्त तथा प्राथमिकतामा आफ्ना सुझावहरु नसमेटिएपछि सरकारले ल्याउँने नीति तथा कार्यक्रममा आफ्ना सुझावहरु समेटिउन भन्ने उद्देश्यले खबरदारी गर्न खोजेको उनले स्पष्ट पारे । उनले आफ्ना सुझाबहरु समेटेर मात्र नीति तथा कार्यक्रम ल्याउन सरकारलाई चेतावनी पनि दिए । 
‘हामीले सरकारलाई नीति तथा कार्यक्रमका लागी संसदबाट र लिखित रुपपनि सल्लाह र सुझाव दिएका छौं । ति सुझाव र सल्लाह आगामी नीति तथा कार्यक्रममा समेटिउन भन्ने हाम्रो चाहान हो ।’ उनले भने ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार