Email :- prastakhabar@gmail.com
राजनीति

देशको आर्थिक संकट प्रति बागमती सरकार सचेत छैनः एमाले

emale-1685060311.JPG

१२ जेठ , हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेले बागमती प्रदेश सरकार अहिलेको आर्थिक संकट प्रति सचेत नरहेको आरोप लगाएको छ । 
बिहीबार एमाले संसदीय दलको कार्यलयमा पत्रकार सम्मेलन गर्दै प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसूधन पौडेलले सरकार वर्तमान आर्थिक संकटको सामना गर्नेगरि अगाडी नबढेको आरोप लगाएका हुन् ।
उनले प्रदेश सरकारले प्रस्तुत गर्ने आगामी बर्षको नीति तथा कार्यक्रममाथीको सुझाव दिँदै सरकारले पुँजीगत खर्च गर्न नसकिरहेको अवस्थामा चालु खर्चमा कटौती गर्न र साधरण खर्च रोक्न सुझाव दिएपनि सरकारले वेवास्त गरेको दावी गरे । 
‘चालु खर्चलाई कटौती गर्न र साधरण खर्च रोक्न सुझाव दिएका थियौं । तर सरकारले ती सुझाव मान्नुको साटो मन्त्रीको संख्या बढाउँने र विना विभागीय मन्त्री बनाउँने जस्ता गैरजिम्मेवार काम गरेको छ ।’ उनले भने । 
प्रमुख सचेतक पौडेलले मन्त्रालयको संख्या १३ पु¥याउँने तयारी भइरहेको आरोप पनि लगाए । प्रमुख सचेतक पौडेलले सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाका साथै सबै मन्त्रालयहरुलाई एमालेका तर्फबाट सुझाव दिएको बताए । 
सरकारले प्रदेशमा प्रस्तुत गरेको बजेटको शिद्धान्त तथा प्राथमिकतामा आफ्ना सुझावहरु नसमेटिएपछि सरकारले ल्याउँने नीति तथा कार्यक्रममा आफ्ना सुझावहरु समेटिउन भन्ने उद्देश्यले खबरदारी गर्न खोजेको उनले स्पष्ट पारे । उनले आफ्ना सुझाबहरु समेटेर मात्र नीति तथा कार्यक्रम ल्याउन सरकारलाई चेतावनी पनि दिए । 
‘हामीले सरकारलाई नीति तथा कार्यक्रमका लागी संसदबाट र लिखित रुपपनि सल्लाह र सुझाव दिएका छौं । ति सुझाव र सल्लाह आगामी नीति तथा कार्यक्रममा समेटिउन भन्ने हाम्रो चाहान हो ।’ उनले भने ।
 


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
महिला एसियन कप छनोटमा नेपालले आज म्यानमारसँग खेल्ने 
foot-1686027832.JPG

२३ जेठ, हेटौंडा । एएफसी २० वर्ष मुनिको महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली...

नेपालमा उच्च रक्तचापका बिरामीको सङ्ख्यामा बृद्धि
reat-1686027696.JPG

२३ जेठ, हेटौंडा । नेपालमा उच्च रक्तचाप अर्थात् हाइ ब्लडप्रेसर का बिरामीको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य बीमा...

तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु 

२३ जेठ, हेटौंडा । तीनदिने खप्तड आध्यात्मिक सम्मेलन आजदेखि सुरु हुँदैछ । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री...

५ जनाको मृत्यु भएपछि पालिकाले दियो शोक विदा
Screenshot_20230606_10045-1686025219.jpg

२३ जेठ, अर्घाखाँची । आफ्नोे पालिकाका ५ जनाको जीप दुर्घटनामा परि मृत्युु भएपछि एक गाउँपालिकाले पालिकाभर शोक विदा...

मधेश सरकारको नीति तथा कार्यक्रम आज
madhesh_pradesh_sabha_nrs-1686016178.jpg

२३ जेठ, जनकपुर । मधेश सरकारको नीति तथा कार्यक्रम आज आउँदैछ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत...

मौसम सामान्यतया सफा रहने
Screenshot_20230324_10360-1686015413.jpg

२३ जेठ, हेटौंडा । हाल देशमा  पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश र...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20230528_17371-1686015221.jpg

२३ जेठ, काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा ...

कांग्रेसका महामन्त्री गगन थापा मकवानपुर आउने
pressmet-1685988983.jpg

२२ जेठ, हेटौँडा ।  जेठ २९ गते सोमबार नेपाली कांग्रेसका  महामन्त्री गगन थापा मकवानपुर आउने भएका छन् । जेठ २९ गते...

बाढीले बगाउँदा एक जनाको मृत्यु
death-5a68471f0a7ce5.2584-1685979786.jpg

२२ जेठ, म्याग्दी । म्याग्दीमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा रघुगंगा गाउँपालिका-६...

थप समाचार