Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रहेनन् ‘आहा नगर’का परिकल्पनाकार

Taparaj-Joshi-1472571634.jpg

१४ भदौ, हेटौँडा । चित्लाङका गाविस सचिव तपराज जोशीको निधन भएको छ । उपचारका क्रममा सोमबार बेलुका उनको निधन भएको हो । 
उच्च ज्वरो आएपछि काठमाण्डौंस्थित शिक्षण अस्पतालमा एक साता अघिदेखि उपचार गराईरहेका उनको उपचारका क्रममा निधन भएको सहकर्मी एवं टिष्टुङ गाविस सचिव राजेन्द्र चौलागाईले बताए । जोशीको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । विगत तीन बर्षदेखि चित्लाङ गाविस सचिवको जिम्मेवारी सम्हालेका जोशी अत्यन्तै मिलानसार मानिन्थे । मृदुभाषी जोशी गाउँमै रहेर सेवाग्राहीको सेवा गर्न मन पराउने कर्मचारी रहेको स्थानीयको भनाई छ । 
दुई बर्ष अघि संचारकर्मीहरुसँगको भेटमा उनले थाहा नगरपालिकाले नसमेटेका गाविसहरु चित्लाङ, मार्खु र कुलेखानीलाई समेटेर ‘आहा नगरपालिका’ बनाउनुपर्ने परिकल्पना सुनाएका थिए । उनले यो क्षेत्रलाई उदाहरणिय बनाउने सोच रहेकाले नाम पनि ‘आहा’ राख्नुपर्ने बताएका थिए । नगरपालिका बनेपछि विकासका योजनालाई व्यवस्थित ढंगबाट अघि बढाउन सकिने भन्दै राजधानीबाट नजिकै रहेको र सडक सञ्जाल पूर्वाधार समेत रहेकाले पनि तीन गाविसलाई समेटेर नगरपालिका बनाउने पर्ने उनको तर्क थियो । उनी मकवानपुरे संचारकर्मीलाई चित्लाङमा रहेका धार्मिक एवं प्राकृतिक महत्वबारे ‘हाईलाईट’ गर्न झकझकाई रहन्थे । आक्कलझुक्कल सदरमुकाम हेटौँडा आउँदा पनि उनी यस विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने गर्थे ।
पर्यटकिय क्षेत्र भएकाले चित्लाङ, मार्खु र कुलेखानीमा पर्यटन प्रवद्र्धनबाटै विकास गर्न सकिने धारणा नेपाल पत्रकार महासंघ मकवानपुरले चित्लाङ गरेको बैठकका क्रममा पनि उनले योजना सुनाएका थिए । उनका श्रीमति र एक छोरा छन् । जोशीको निधनप्रति सामाजिक सञ्जालमार्फत शुभेच्छुक शुभचिन्तकले दुःख व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार