Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रहेनन् ‘आहा नगर’का परिकल्पनाकार

Taparaj-Joshi-1472571634.jpg

१४ भदौ, हेटौँडा । चित्लाङका गाविस सचिव तपराज जोशीको निधन भएको छ । उपचारका क्रममा सोमबार बेलुका उनको निधन भएको हो । 
उच्च ज्वरो आएपछि काठमाण्डौंस्थित शिक्षण अस्पतालमा एक साता अघिदेखि उपचार गराईरहेका उनको उपचारका क्रममा निधन भएको सहकर्मी एवं टिष्टुङ गाविस सचिव राजेन्द्र चौलागाईले बताए । जोशीको मंगलबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । विगत तीन बर्षदेखि चित्लाङ गाविस सचिवको जिम्मेवारी सम्हालेका जोशी अत्यन्तै मिलानसार मानिन्थे । मृदुभाषी जोशी गाउँमै रहेर सेवाग्राहीको सेवा गर्न मन पराउने कर्मचारी रहेको स्थानीयको भनाई छ । 
दुई बर्ष अघि संचारकर्मीहरुसँगको भेटमा उनले थाहा नगरपालिकाले नसमेटेका गाविसहरु चित्लाङ, मार्खु र कुलेखानीलाई समेटेर ‘आहा नगरपालिका’ बनाउनुपर्ने परिकल्पना सुनाएका थिए । उनले यो क्षेत्रलाई उदाहरणिय बनाउने सोच रहेकाले नाम पनि ‘आहा’ राख्नुपर्ने बताएका थिए । नगरपालिका बनेपछि विकासका योजनालाई व्यवस्थित ढंगबाट अघि बढाउन सकिने भन्दै राजधानीबाट नजिकै रहेको र सडक सञ्जाल पूर्वाधार समेत रहेकाले पनि तीन गाविसलाई समेटेर नगरपालिका बनाउने पर्ने उनको तर्क थियो । उनी मकवानपुरे संचारकर्मीलाई चित्लाङमा रहेका धार्मिक एवं प्राकृतिक महत्वबारे ‘हाईलाईट’ गर्न झकझकाई रहन्थे । आक्कलझुक्कल सदरमुकाम हेटौँडा आउँदा पनि उनी यस विषयमा सरोकारवालाहरुसँग छलफल गर्ने गर्थे ।
पर्यटकिय क्षेत्र भएकाले चित्लाङ, मार्खु र कुलेखानीमा पर्यटन प्रवद्र्धनबाटै विकास गर्न सकिने धारणा नेपाल पत्रकार महासंघ मकवानपुरले चित्लाङ गरेको बैठकका क्रममा पनि उनले योजना सुनाएका थिए । उनका श्रीमति र एक छोरा छन् । जोशीको निधनप्रति सामाजिक सञ्जालमार्फत शुभेच्छुक शुभचिन्तकले दुःख व्यक्त गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

थप समाचार