२ असार, हेटौंडा । हेटौंडाबाट अवैध कपड़ा सहित ४ जना पक्राउ परेका छन्। शुक्रवार राति हेटौंडा- १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले ३ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा र सामानसहित चार जनालाई नियन्त्रणमा लिएको जनाइएको छ ।
शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बसमा चेकजाँच गर्दा बसबाट ९० पिस प्रतिपिस १ किलाग्रामको अमुल बटर ३० पिस, प्रतिपिस ५०० ग्रामको र अमुल फ्रेस क्रिम ७ काटुन प्रत्येक काटुनमा १२ पिस तौल नखुलेको अबैध सामान बरामद भएको प्रहरीले जनाएको छ।त्यसैगरी प्रहरीले हेटौंडा–१५,रातोमाटे चेकपोष्टबाट चुरियामाईबाट हेटौंडातर्फ आउँदै गरेको ना २ ह २९१० नम्बरको अटोलाई चेकजाँच गर्दा हाफ टिसर्ट ४२ पिस, कटन पेन्टी ३० पिस, फुल सर्ट २८ पिस, साडी १२४ पिस गरी १ लाख ९० हजार रुपैयाँ बराबरको अबैध कपडा बरामद गरेको प्रहरीले जनाएको छ।प्रहरीले उक्त कपडा सहित पर्साको वीरगंज महानगरपालिका–८ का २८ वर्षीय सुनिल महरा र १८ वर्षीय धर्मेन्द्र पटेललाई नियन्त्रणमा लिएको छ ।
त्यसैगरी शुक्रबार नै हेटौंडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट प्रहरीले बाराको ईतिहाई गाउँपालिका–५ की ३० वर्षीया सगुन नेस र हेटौंडा–८, कमाने बस्ने ५९ वर्षीय साबित्री खड्कालाई ५० हजार बराबरको अबैध कपडासहित नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई चेकजाँचका क्रममा भन्सार छली ल्याएको ५ थान लेडिज कपडाको सुरुवाल र ७ थान जेन्सको कपडाको पाईन्ट फेला सहित नियन्त्रणमा लिएको जनाएको छ ।पक्राउ परेका सबैजना माथी आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।अबैध कपडा र उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















