२ असार, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ ।
शिविरमा ५ सय ८८ जना सेवाग्रहीहरूले निस्शुल्क स्वास्थ्य सेवा लिएको वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिए । शिविरमा नाक, कान र घाँटीका विशेषज्ञ ईन्क्लाव ढुङ्गाना, स्त्री रोग विशेषज्ञ प्रशान्तराज शर्मा, बालरोग विशेषज्ञ विनोमराज शर्मा र फेमली फिजिसियन अमर यासिरसहितका स्वास्थ्यकर्मीले विरामी जाँच गरि औषधी प्रदान गरिएको थियो ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष नवीन सिग्देल स्वास्थ्य मानिसको पहिलो र महत्वपूर्ण धन भएकोले वडा कार्यालयले प्राथमिकताका साथ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए । उनले वडा भित्र बसोबास गर्ने सम्पूर्ण सर्वसाधरणको स्वास्थ्य समस्या समाधानका लागी समय सयमा यस्ता शिविरहरु सञ्चालन गरिरहने प्रतिवद्धता पनि व्यक्र गरे ।
कार्यक्रम संयोजक समेत रहेका वडा सदस्य जनरल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, नेपाल रेडक्रम सोसाईटी, मकवानपुर शाखाका उपमन्त्री, वडा सचिव टिका कंडेल, टोल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष राजेन्द्र बस्ताकोटी, कोषाध्यक्ष सुन्दर न्यौपाने, मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्र, हेटौँडा ४ का प्रमुख निर्मला ब्लोन, हेटौँडा क्याम्पस स्ववियु सभापती अभि मैनाली, नेपाल रेडक्रस सोसाईटी, ४ वडाका सभापती किसन घिसिङ्गलगायतको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा वडा नम्बर ४ निवासी शान्ति ढुङ्गानाद्वारा लिखित नारी सन्देश नामक पुस्तक समेत विमोचन गरिएको थियो । पुस्तकको कार्यक्रमका प्रमुख अतिथि एवं वडा अध्यक्ष शिग्देलले गरेका हुन् ।
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















