Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडामा दुरसञ्चारसँग सम्बन्धित कानुन र सेवाको वर्तमान अवस्थाबारे अन्तरक्रिया

fd-1687048957.jpg

२ असार,हेटौंडा । हेटौँडामा शनिवार नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा  दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका उपनिर्देशक रेवतीराम पन्तको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा सुचना प्रविधि तथा इन्टरनेट सम्बन्धी दर्ता,सञ्चालन र नियमन गर्न छुट्टै कानून नभएको भन्दै आवश्यक कानून बनाउनु  आवश्यकता रहेको बताएका थिए । 

कार्यक्रममा प्राधिकरणका उपनिर्देशक पन्तले  दुरसञ्चारसँग सम्बन्धित कानुन र कार्यान्वयनको अवस्था बारे कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कार्यक्रममा सहभागिबाट आएको  प्रश्नको जवाफ दिएका थिए । 

त्यसैगरी नेपाल टेलिकम हेटौंडाका  वरिष्ठ प्राविधिक पवन कुमार कर्णले फ़्लोरबाट टेलिकमसंग सम्बंधित विषय वस्तुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला बार एशोसिएसन मकवानपुरका अध्यक्ष अप्सरा बस्नेत, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम,मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष प्रमोद सिं रानाभाट, उपभोक्ता मञ्च नेपाल मकवानपुरका अध्यक्ष कुमार पौडेल, गैसस महासंघ मकवानपुरका सहसचिव गोकर्ण तिवारी, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

थप समाचार