२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धार, राहत, सडक पुनःस्थापना र प्रेस स्वतन्त्रताका विषयमा निर्णय गरेको छ ।
नेपाली कांग्रेसले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको जानकारी दिँदै राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले सुरुङभित्र फसेकाहरूको आपत्कालीन उद्धारका लागि सरकारसँग माग गरेको छ । माथिल्लो त्रिशूली १, रसुवागढी, लाङटाङ खोला, चिलिमेलगायत जलविद्युत् आयोजनाका सुरुङमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धारका लागि बहुविषयगत प्राविधिक अभियान सञ्चालन गर्न बैठकले माग गरेको छ ।
उद्धारमा नेपाली सेना, विपद् व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न तथा घाइतेको उपचार निःशुल्क गर्न माग गरिएको छ ।
पासाङल्हामु र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको अवरोधले आपूर्ति ठप्प हुने जोखिम रहेकाले सडक विभागको नेतृत्वमा विशेषज्ञ टोली गठन गरी तत्काल अस्थायी ट्रयाक खोल्न आग्रह गरिएको छ ।
बैठकले बेत्रावती र अन्य जोखिमयुक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सुझाव दिएको छ । राहत सामग्री थुप्रिने तर पीडितसम्म नपुग्ने समस्या देखिएकाले प्रदेश र स्थानीय सरकारको नेतृत्वमा ‘सहजीकरण साझा संयन्त्र’ र एकद्वार प्रणालीमार्फत त्रिपाल, खाद्यान्न र औषधि युद्धस्तरमा वितरण गर्न आह्वान गरिएको छ ।
बैठकले भोटेकोशी बाढीको क्षति, उद्धार, पुनर्निर्माण र जलवायु न्यायका विषयमा एकीकृत नीति तयार पार्न केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ ।
निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने, लोक कल्याणकारी विज्ञापनको कार्यविधि फेर्ने र राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण गराउँदै ती निर्णयहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ ।
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२३ असोज, हेटौंडा । काठमाडौँको बुढानीलकण्ठबाट प्रहरीले २२ किलो सुन बरामद गरेको छ । बुढानीलकण्ठ स्थित चपलीमा...
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...


















