Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग

nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न सरकारसँग माग गरेको छ । 
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार र  सोमबार बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उद्धार, राहत, सडक पुनःस्थापना र प्रेस स्वतन्त्रताका विषयमा निर्णय गरेको छ । 
नेपाली कांग्रेसले बाढी प्रभावितहरूका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ सहयोग गरिसकेको जानकारी दिँदै राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
बैठकले सुरुङभित्र फसेकाहरूको आपत्कालीन उद्धारका लागि सरकारसँग माग गरेको छ । माथिल्लो त्रिशूली १, रसुवागढी, लाङटाङ खोला, चिलिमेलगायत जलविद्युत् आयोजनाका सुरुङमा फसेका प्राविधिक तथा श्रमिकहरूको उद्धारका लागि बहुविषयगत प्राविधिक अभियान सञ्चालन गर्न बैठकले माग गरेको छ । 
उद्धारमा नेपाली सेना, विपद् व्यवस्थापन प्राधिकरण र अन्तर्राष्ट्रिय विशेषज्ञ टोली परिचालन गर्न तथा घाइतेको उपचार निःशुल्क गर्न माग गरिएको छ ।
पासाङल्हामु र पृथ्वी राजमार्गको कृष्णभीरमा भएको अवरोधले आपूर्ति ठप्प हुने जोखिम रहेकाले सडक विभागको नेतृत्वमा विशेषज्ञ टोली गठन गरी तत्काल अस्थायी ट्रयाक खोल्न आग्रह गरिएको छ । 
बैठकले बेत्रावती र अन्य जोखिमयुक्त स्थानमा तत्काल बेलीब्रिज राख्न सुझाव दिएको छ ।  राहत सामग्री थुप्रिने तर पीडितसम्म नपुग्ने समस्या देखिएकाले प्रदेश र स्थानीय सरकारको नेतृत्वमा ‘सहजीकरण साझा संयन्त्र’ र एकद्वार प्रणालीमार्फत त्रिपाल, खाद्यान्न र औषधि युद्धस्तरमा वितरण गर्न आह्वान गरिएको छ । 
बैठकले भोटेकोशी बाढीको क्षति, उद्धार, पुनर्निर्माण र जलवायु न्यायका विषयमा एकीकृत नीति तयार पार्न केन्द्रीय सदस्य प्रा. डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा समिति गठन गरेको छ । 
निजी क्षेत्रका सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने, लोक कल्याणकारी विज्ञापनको कार्यविधि फेर्ने र राष्ट्रिय समाचार समिति (रासस) को बुलेटिन शुल्क बढाउने निर्णयप्रति ध्यानाकर्षण गराउँदै ती निर्णयहरू तत्काल फिर्ता लिन सरकारसँग माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार