३ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटले आफ्नो वडाहरुलाई उपेक्षा गरेको भन्दै एमालेबाट निर्वाचित भएका हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु आक्रोशित बनेका छन् ।
उनीहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समग्र हेटौंडालाई नै उपेक्षा गर्ने गरी बजेट ल्याइएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले विरोधका कार्यक्रम सार्वजनिक गर्ने सम्मको चेतावती दिएका छन् । प्रदेश सरकारको बजेट पूर्वाग्रही, उपेक्षित र राजनीतिक प्रतिशोधको आधारमा ल्याइएको उनीहरुको आरोप छ ।
हेटौंडा १४ नम्बर वडा अध्यक्ष दीपक खड्काले हेटौंडालाई उपेक्षित गर्ने गरी बजेट ल्याइएको भन्दै आक्रोश पोखे । १÷२ वडा बाहेक सबैमा न्यून बजेट विनियोजन गरिएको उनको आक्रोश थियो । प्रदेशका मन्त्री बहिस्कार अभियान चलाइने उनले चेतावनी दिए ।
हेटौंडा १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले बजेटमा राजनीतिकरण गरिएको आरोप लगाए । एकाध वडा बाहेक समग्र बजेट नै सन्तोषजनक नभएकोले संशोधन गर्नुपर्ने उनको माग थियो । हेटौंडा १० नम्बर वडा अध्यक्ष फुर्वादोर्जे लामाले प्रदेशसभा सचिवालय र केही मन्त्रालय आफ्नै वडामा रहेपनि बजेट भने शून्य रहेको भन्दै आपत्ति जनाए । १० नम्बर वडाले प्रदेशको राजधानी कस्तो छ भन्ने देखाउने भन्दै लामाले बजेट संशोधनको माग गरे ।
यस्तै १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी ‘नवराज’ले बजेट बजेट पूर्वाग्रही र कनिका छराई भएको आरोप लगाए । बजेटले पूर्वाधारलाई जोड्न नसकेको उनको भनाई थियो । १९ नम्बर वडाबाट जिल्लाको विकट कैलाश र राक्सिराङ जाने वैकल्पिक र छोटो बाटोलाई बजेट विनियोजन गरेको भन्दै उनले आपत्ति जनाए ।
यस्तै ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले बजेट निर्माणको क्रममा वडा अध्यक्षहरुसँग कुनै सुझाव नलिएको र अत्यावश्यक स्थानमा समेत बजेट विनियोजन नगरिएको गुनासो गरे ।
११ नम्बर वडा अध्यक्ष जुना दाहाल र १३ नम्बर वडा अध्यक्ष पेम्बा लामाले प्रदेश सरकारले वडामा २÷५ लाख सम्मको बजेट विनियोजन गरेर प्रदेशको औचित्य माथि नै प्रश्न चिन्ह खडा गर्ने काम गरेको बताए । राजनीतिक पहुँच र आग्रह पूर्वाग्रहको आधारमा बजेट विनियोजन गरिएकोप्रति आपत्ति रहेको उनीहरुको भनाई थियो ।
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















