Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाढी र पहिरोमा परी एकको मृत्यु, २५ जना बेपत्ता

Screenshot_20230618_08543-1687057795.jpg

३ असार, काठमाडौं । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 
सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६  मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । 
बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका-५  खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ । बाढीले चैनपुर-४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएको छ ।
यता पाँचथरमा गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीले बगाउँदा पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा, फिदिम–४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष र एलिसा माझी र फिदिम–४ हेवाखोलाबाट एक जना रहेका छन् 

फालेलुङ ३ खोलाघारी सेपीमा पहिराेले पुरेको बालिकाको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए । वर्षात्ले  मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुल समेत बगाएको छ ।
पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए । 
त्यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । स्थानीय कमल कडरियाका अनुसार पहिराले यादव बुढाथोकीको घर बगाउँदा यादवकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल बेपत्ता छन् । 
यस्तै मेहेलेकै भरत तामाङसमेत बेपत्ता भएका छन् । खोला छेउमा घर भएका तामाङले ठुलो वर्षा भएपछि बुवाआमालाई सुरक्षित क्षेत्रमा सारेर फर्किने क्रममा बेपत्ता भएका बताइएको छ । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

थप समाचार