Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चैनपुर जेसीजद्वारा मामाघर संस्थालाई सहयोग

fd-1687088176.jpg

३ असार, हेटौंडा । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको चैनपुर जेसीज (प्रस्तावित)ले मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ । 
चैनपुर जेसीजका महासचिव रविन ढकालको जन्मदिनको सन्दर्भमा आइतबार एक कार्यक्रमकाबीच मामाघर नेपाल संस्थामा रहेका बालबालिकालाई एकदिनको खाजा खुवाउनुको साथै जुत्ताचप्पल राख्ने ¥याक र विस्कुट सहयोग गरेको हो । मामाघर नेपाल सडक बालबालिकाको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको संस्था हो । संस्थामा हाल २६ जना बालकहरु रहेका छन् । 
जन्मदिनको सन्दर्भमा अनावश्यक खर्च गर्नु भन्दा सडक बालबालिकाको हेरचाह गर्दै आएको संस्थामा सहयोग गरेर मनाइएको चैनपुर जेसीजका महासचिव रविन ढकालले बताए । कार्यक्रम संयोजक कृष्णप्रसाद ढकालको संयोजकत्व एवम् अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मामाघर नेपाल संस्थाका परिकल्पनाकार एवम् संरक्षक अर्पण पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।  
पराजुलीले संस्थाको स्थापनादेखि हालसम्मको अवस्थाको विषयमा जानकारी दिँदै यस्तै सहयोगबाट सञ्चालन हुँदै आएको बताए । ‘सडकमा रहेका बालबालिकाको हितमा काम गर्ने गरी संस्था स्थापना भएको हो । 
यस्तै विभिन्न व्यक्ति तथा संघसंस्थाले विभिन्न समयमा गर्दै आएको सहयोगबाट संस्था चल्दै आएको छ’, पराजुलीले भने, ‘मनकारी व्यक्तिहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं ।’ कार्यक्रममा हेटौंडा लेडी जेसीजका पूर्व अध्यक्ष प्रतिमा श्रेष्ठ, चैनपुर जेसीजका कार्यकारिणी उपाध्यक्ष महेन्द्र राना मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, कुखुरा व्यवसायी संघ मकवानपुर अध्यक्ष राजन मैनाली, चैनपुर जेसीजका अध्यक्ष सल्लाहकार एवम् हेटौंडा ६ नम्बर वडा सदस्य विजय पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

थप समाचार