४ असार, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आइतबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच ४ जना पत्रकारलाई सम्मान गरेको छ ।
आइतबार केन्द्रले हेटौंडा एफएम तथा नेशनल गोल्ड एचडीका प्रकाश दाहाल, साझा सन्देश डटकमका विश्वराम अधिकारी, सिधाखबर डटकमका श्रीराम अर्जुन र साझापत्र डटकमका प्रबेश धिताल कुन्दनलाई संस्थाको उद्देश्य प्राप्तिको लागि पत्रकारिता मार्फत सघाएको भन्दै सम्मान गरेको हो ।
यस्तै केन्द्रले पत्रकारहरुसँगै विभिन्न विधामा सम्मान तथा आजिवन सदस्यता वितरणसमेत गरेको थियो । केन्द्रले स्वास्थ्यकर्मीतर्फ भवानी मिश्र, मुस्कान पौडेल, कृष्ण मोहन श्रीवास्तव, तीर्थ थापा र सिम्रन थापा, स्वंमसेवीतर्फ अस्मिता अर्याल कोईराला, समीक्षा ढकाल र नानु स्याङ्तानलाई सम्मानित गरेको छ ।
यसैगरी संस्थागत रुपमा विभिन्न आमा समूह, टोल विकास संस्था, विद्यालय, क्योकुशिन कराँते संघ, चर्च, उपभोक्ता हित संरक्षण मञ्च लगायत तीस जनालाई सम्मान गरेको केन्द्रका अध्यक्ष राम विष्टले जानकारी दिए ।
कार्यक्रमकी प्रमुख अतिथि बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक किरण राणाले मकवानपुर जिल्ला ड्रग्सको हवको रुपमा रहेको भन्दै यसको न्यूनीकरणमा सम्पूर्ण टोल, समाज लाग्नुपर्नेमा जोड दिइन् ।
‘बागमती प्रदेशमा करिब ७ हजार बर्दीवाला प्रहरी तपाईंहरुको सुरक्षामा तैनाथ छन् । तर, समाज सुधारको लागि बर्दिवाला प्रहरीसँगै बिनाबर्दीका प्रहरी अर्थात तपाईहरुको पनि दायित्व उत्तिकै छ ।’ डिआइजी राणाले भनिन्, ‘हजुरहरुकै साथ, सहयोग र सहकार्यमा हामीले लागु औषध सेवन, साईबर अपराध तथा समाजमा भएका विकृतिको अन्त्य गर्न हामी सफल हुनेछौं ।’
केन्द्रका अध्यक्ष राम विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका पुर्व प्रमुख रघुनाथ खुलाल, सीताराम बर्तौला, प्रगति उच्च माविका अध्यक्ष प्रदीप पराजुली, जिजस सदस्य वीरेन्द्र लामा, वडा नम्बर ९ का कार्यबहाक अध्यक्ष विष्णु लामा, प्रगति विद्यालयका प्राचार्य निरन्जन ढकाल, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरिक्षक राजु केसी लगायत सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















