Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बृहत नागरिक आन्दोलनद्वारा काठमाडौं जिल्ला अदालत परिसर अगाडि प्रदर्शन

Screenshot_20230620_12271-1687243497.jpg

५ असार, काठमाडौं । आमरण अनशनरत उपप्राध्यापक प्रेमबहादुर चलाउनेको समर्थन र उनको मागमा ऐक्यबद्धता जनाउँदै प्रदर्शनहरु शुरु भएको छ । मंगलबार बिहान बृहत नागरिक आन्दोलनले काठमाडौं जिल्ला अदालत परिसर अगाडि बबरमहल र प्राध्यापकहरूले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्रदर्शन गरेका हुन् ।
चलाउनेलाई २०७७ असोज २० गते सांघातिक हमला गर्ने ‘गुन्डा’हरूलाई मन्त्रिपरिषद्को बैठकले उन्मुक्ति दिने निर्णय गरेमा त्यसको विरोधमा प्रदर्शन गरिएको नागरिक आन्दोलनले जनाएको छ । विश्वविद्यालयलाई हिंसारहित बनाउन र पीडित चलाउनेलाई न्याय दिलाउन नागरिक आन्दोलनका अभियन्ताहरू अदालत परिसरमा जुटेका थिए ।
त्यस्तै प्रगतिशील प्राध्यापक संगठनले त्रिविको उपकुलपति कार्यालय अगाडि प्रदर्शन गरेको प्राध्यापक रमेश भट्टराईले जनाकारी दिए । सोही स्थानमा सोमबार साँझदेखि चलाउनेले अनशन सुरु गरेका छन् ।
चलाउनेलाई न्याय दिन र उनको मागमा ऐक्यवद्धता जनाउन प्रदर्शन गरिएको भट्टराईले बताए । सरकारले मुद्दा फिर्ता गर्ने निर्णय गरेपछि चलाउने सोमबार अदालत पुग्दा प्रहरी नियन्त्रणमा लिएर ४ घण्टापछि छाडेको थियो । त्यसपछि उनी अनशन बस्नका लागि कीर्तिपुर पुगेका हुन् । तीन वर्षअघि आफ्नो ज्यान लिने उद्देश्यले भएको घटनाका अभियुक्तलाई उम्काउने गरी सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको उनको भनाइ छ । उनीमाथि नेपाल विद्यार्थी संघका कार्यकर्ताले त्रिवि परिषद्को नेपाल बैंक अगाडि सांघातिक हमाल गरेर घाइते पारेका थिए । (ईकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार