Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बागमतीका ५ जिल्लामा डेंगुसम्बन्धी गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक

Screenshot_20230621_12560-1687331485.jpg

६ असार, हेटौंडा । बागमती प्रदेशका ५ जिल्लामा गरिएको डेंगुसम्बन्धी गरिएको अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडासंग गरेको सम्झौता अनुसार भएको अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको हो ।
कार्यक्रममा केन्द्रका जुनियर ईन्टोमोलोजिष्ट दिपककुमार साहले अध्ययनको निष्कर्षबारे प्रस्तुति गरेका थिए । केन्द्रले २०७९ चैत १० देखि २०८० बैशाख १८ गतेसम्म काठमाडौंको काठमाडौं-१६, भक्तपुरको मध्यपुर थिमी-४, ललितपुरको ललितपुर-५ र १४, चितवनको रत्ननगर-१ र १० तथा मकवानपुरको मनहरी-७ मा अध्ययन गरेको थियो ।
अध्ययन गरिएका ५४७ घुरधुरीमा १६ सय २३ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा १३३ घरधुरीका १७० पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
काठमाडौंको काठमाडौं वडा नम्बर १६ को १०९ घरधुरीमा ४११ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा २४ घरधुरीका ३० पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
ललितपुरको ललितपुर ५ र १४ नम्बर वडाको १०९ घरधुरीमा ३५९ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा २६ घरधुरीका ३६ पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
भक्तपुरको मध्यपुर थिमी ४ नम्बर वडाको १०९ घरधुरीमा ३८६ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा ३७ घरधुरीका ४५ पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
चितवनको रत्ननगर-१ र १० नम्बर वडाको १०६ घरधुरीमा २१० पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा १८ घरधुरीका १९ पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
मकवानपुरको मनहरी-७ नम्बर वडाको ११४ घरधुरीमा २५७ पानी भएका भाँडाहरू निरीक्षण गरिएकोमा ३१ घरधुरीका ३७ पानी भएका भाँडामा डेंगु फैलाउने लामखुट्टेका जिवाणु भेटिएको थियो ।
अध्ययन अनुसार डेंगु फैलाउने लामखुट्टेका जिवाणु सबैभन्दा बढि टायरमा भेटिएको थियो भने दोस्रोमा खानेपानी ट्यांकीमा पाइएको थियो । त्यस्तै पानीका जार, पानी भरेर राखिएका ड्रम, पानीका बोतल, गमला, रेफ्रिजरेटर लगायतमा पनि फैलाउने लामखुट्टेका जिवाणु पाइएको छ । फेला परेकामध्ये ८४% एडिस एजिप्टाई छ । घरबाहिर रहेका पानी जम्ने भाँडा र ठाउँमा डेंगु फैलाउने लामखुट्टेका जिवाणु पाइन्छ भन्ने आम धारणा विपरित घरभित्र भएका पानीका भाँडा र रेफ्रिजरेटरमा पनि डेंगुको जिवाणु पाइनुले सचेत बढि हुनुपर्ने अवस्था देखिएको अध्ययनकर्ताहरूको भनाई छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार चालू आवमा डेंगुका ४२ हजार ४५९ विरामी फेला परेकोमा २७ जनाको मृत्यु भएको छ । डेंगुका विरामी सबैभन्दा बढि काठमाडौंमा १४ हजार ५०० फेला परेको र सबैभन्दा कम रसुवामा रहेको मन्त्रालयको भनाई छ ।
कार्यक्रममा मन्त्रालयका निमित्त सचिव दिपक तिवारी, स्वास्थ्य निर्देशनालय हेटौंडाका निर्देशक महेश्वर श्रेष्ठ, बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्ट,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन दुर्गा खड्का मिश्र, मन्त्रालयका डा. रविन भुसाल, किरण श्रेष्ठ लगायतले अध्ययनले डेंगु रोगको प्रभाव र यसका विरूद्ध चाल्नुपर्ने कदम जस्ता क्षेत्रमा नीतिगत र कार्यान्वयन तहमा काम गर्न आधार मिल्ने बताएका थिए ।
कार्यक्रममा मकवानपुर र चितवनका विभिन्न स्वास्थ्य ईकाईमा कार्यरत स्वास्थ्यकर्मी लगायतको उपस्थिति थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार