८ असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाका स्थानीयले शिक्षामा गुणस्तर वृद्धि गर्नुपर्ने माग गरेका छन् । बिहीबार कान्छा मिडिया प्रालिको आयोजनामा भएको सार्वजनीक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरुले गाउँपलिकाले शैक्षिक गुणस्तर वृद्धि गर्न तर्प कार्यक्रमहरु केन्द्रीत गर्नुपर्ने बताए ।
उनीहरुले कक्षा ५ मा पढ्ने विद्यार्थिलाई सामान्य नेपाली भाषामा लेखिएको अक्षर चिन्न र पढ्नसमेत कठिन हुने गरेको भन्दै पालिकाको ध्यान त्यसतर्फ केनद्रीत गर्नुपर्ने बताए । माध्यमिक तहमा पुगेका विद्यार्थिहरुले विद्यालयहरुमा शैक्षिक गुणस्तर नहुँुदा गुणङ्क र भागहरु समेत गर्न नसक्ने अवस्थामा पुगेको उनीहरुको भनाई थियो । शैक्षिक गुणस्तर वृद्धिका लागि पालिकाले अभिभावकत्व लिएर प्राथमिकताका साथ कार्यक्रमहरु लागु गर्नुपर्ने उनीहरुले बताए ।
त्यस्तै कार्यक्रममा प्रश्न गर्दै एक सहभागिले पालिकाबाट हुने सेवा प्रवाह र विकास निर्माणको काममा गुणस्तर कायम गर्न नियमित अनुगमन तथा निर्देशनलाई तिव्रता दिनुपर्ने बताए । उनले सडक निर्माण वा खानेपानी वितरणका विषयमा एकीकृत विकास मोडल अपनाउन पालिकाले अग्रसरता देखाउनु पर्ने बताए । पालिकाका विकट वडाहरुमा सहज रुपमा आवतजावत गर्ने वतावरण निर्माण गर्न आवश्यकताका आधारमा बजेट कार्यक्रम केन्द्रीत गरी कायर्उानवयनमा अघि बढ्न उनको सुझाव दिए ।
पालिकाको केही वडाका गाउँहरु विद्युतको पहुँच नपुगेका कारण अझै अन्धकारमा रहेको भन्दै पालिकाले त्यस तर्फ गम्भिर भएर अघि बढ्नुपर्ने उनीहरुले बताए । पालिकाले प्राकृतिक स्रोतको उचित सदुपयोग गरी विकास निर्माणलाई स्तरिय बनाउनु पर्ने, ढुंगा गिट्टि बालुवा उत्खन्न गरी राजस्व संकलनको नाममा प्राकृतिक स्रोतको चरम दुरुपयोग गर्न नहुने भन्दै सजगता अपनाउन आग्रह गरे ।
पालिकाले तोकेको वडाका सिलिङ अनुसारको बजेट कार्यक्रमको कार्यान्वयनमा सम्बन्धीत वडाहरुले जिम्मेवारपूर्ण ढंगबाट ध्यान दिनुपर्ने उनीहरुको भनाई छ । सडक विस्तार, नदी नियन्त्रण, कृषि क्षेत्रको विकासमा पालिकाले समय अनुकुल निर्णय गरेर काम गर्नुपर्ने उनीहरुले बताए ।
कार्यक्रममा उठेका प्रश्नहरु माथि गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले जवाफ दिएका थिए । उनले पालिका नागरिकहरुको कुनैपनि अधिकार माथि बञ्चित गराउने पक्षमा नरहेको बताए । समय अनुकुल विज्ञ र नगरिकहरुसंगको छलफलबाट पालिकाले विकास निर्माणको काम अघि बढाउने उनको भनाई छ ।
सन्तुलित विकास र कृषि क्षेत्रको रुपान्तरण पालिकाको प्राथमिकतामा रहेको उनले बताए । आवश्यकताका आधारमा बजेट विनियोजन गरेर विकास निर्माणको काममा पालिका गम्भिर ढंगबाट अघि बढ्ने उनले बताए । प्राकृतिक स्रोतको प्रयोगका लागि पालिकाले प्राविधिक जनशक्ति मार्फत् नियमित अनुगमन गर्ने उनको भनाई छ । कार्यक्रममा पालिका उपाध्यक्ष भक्तबहादुर खत्रीले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्थाको विषयमा जानकारी गराएका थिए ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

















