९ असार, हेटौंडा । वडा स्तरीय बाल सञ्चाल हेटौंडा-६ को आयोजनामा 'बालविवाह अन्त्यका लागि बालबालिकाको भूमिका' विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा रमा अधिकारी प्रथम, श्रीयान्सी पौडेले द्वितीय, प्रकृति लामिछाने तृतीय र सुवर्ण बर्तौला सान्त्वना भएका छन् । प्रतियोगितामा विजेता हुने बालबालिकहरुले क्रमशः नगद २ हजार, १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । वडा स्तरीय बाल सञ्जाल हेटौंडा-६ की अध्यक्ष रोजी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-६ की वडा सदस्य एवं बालमैत्री सम्पर्क व्यक्ति सरिता सापकोटाको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा ६ नम्बर वडाभित्र रहेका १७ वटा बाल समूहबाट एक/एक जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रममा हेटौंडा ६ का वडा सदस्य विजय पौडेल, मुना विश्वकर्मा, लेखराज ढकाल, हेटौंडा ६ का वडा सचिव अमोदप्रसाद मैनाली, टोल विकास संस्था वडा समन्वय समितिका सचिव राजकुमार फुयाँल, वंशगोपाल माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछाने, मुनलाइट इन्टरनेशनल स्कूलका सञ्चालक भरत सापकोटा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा निर्णायकको रुपमा गणेशकुमार श्रेष्ठ, रुपेश दुलाल र शिवदयाल यादव रहेका थिए । हेटौंडा उपमहानगरपालिकालाई २०८० साल मंसिर मसान्तभित्र बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान अन्तरगत १९ वटै वडामा बक्तृत्वकला प्रतियोगिता भएको हो । हेटौंडा उपमहानगरपालिका ६ नम्बर वडालाई पनि २०८० भदौ २९ गते बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी भईरहेको बालमैत्री वडा सहजकर्ता रुजा सुवेदीले जानकारी दिइन् । वडालाई बालमैत्री शासनयुक्त घोषणाको लागि टोल अभिमुखीकरण कार्यक्रम वडामा भईरहेको उनले जानकारी दिइन् ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















