Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडा अस्पतालले ६ महिना भित्र मिर्गाैला प्रत्यारोपण सुरु गर्ने

htd-hospital-1687867443.jpg

१२ असार ,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा अस्पतालमा ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले यसो बताएका हुन् ।  शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेटौँडाकी मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै हेटौँडा अस्पतालका निमित्त मे सु सापकोटाले अस्पतालले शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको बताए । कार्यक्रममा बोल्दै डाक्टर सापकोटाल सो रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरि प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको बताए  । उहाँले आगामी वर्ष (२०८०÷८१) को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको सुनाए । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो । 


सोही कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर विश्वराज जोशीले हेटौडामा प्रत्यारोपण सेवा सुरु मात्र होइन त्यसलाई निरन्तरता दिने गरि काम भइरहेको बताए । प्राध्यापक डाक्टर जोशीले अन्तरक्रियामा भने–“प्रत्यारोपण सेवालाई निरन्तरता दिन पूर्वाधार विकास, जनशक्ति व्यवस्थापनको विषयमा तयारी भइरहेको छ , हेटौडा अस्पताल मदन भण्डारी प्रतिष्ठानको स्वामित्वमा रहने गरि सञ्चालन गर्ने निर्णय भइसकेको छ ।”
कार्यक्रममा प्रमुख अतिथि रहेकी मेयर लामाले अंगदानको विषयमा जनचेतना फैलाउनपर्नेमा कुरा सुनाइन । उनले खेर जाने अंगको दान  गर्न सके अन्य व्यक्तिले पुर्नजीवन पाउने बताउदै आफु अंगदान गर्नुपर्छ भन्ने चेतनामूलक कार्यक्रममा आफु र उपमहानगर सधै सहयोग गर्ने प्रतिवद्ध रहेको जनाइन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अंगदानबारे जनचेतना फैलाउनुनै अहिलेको प्रमुख आवश्यकता रहेको बताए । त्यसैगरी कार्यक्रमका अतिथी रहेका मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले दुर्घटनाका घटनाका  आफुहरुले जतिसक्दो छिटो घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याउन र बचाउन लागि परेको कुरा सुनाए । कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकारी दिपक तिवारीले बागमती प्रदेशमा विशिष्ठकृत सेवातर्फ केन्द्रित रहने गरि काम भइरहेको बताए । उहाँले बागमती प्रदेशको १३ वटै जिल्ला अस्पतालमा ब्रेनडेथको कार्यक्रम लागू गर्न सकिने बताए । हेटौडा र भक्तपुर अस्पताललाई २०० बेडको बनाउने तयारी गरि जनशक्ति दरबन्दी स्विकृतिका लागि सरकारलाई पठाएको बताए ।  कार्यक्रममा राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठ र नेफ्रोलोजिष्ट डा. शुरेश महर्जनले कार्यपत्र प्रस्तुत  गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक डा.श्रेष्ठले नेपालमा ब्रेन डेथ भएका व्यक्तिहरुको अंग प्रयोग गर्न सके हजारौंले पुर्नजीवन पाउने कुरा सुनाइन । कार्यक्रममा नेफ्रोलोजिष्ट डा. शुरेश साहले विदेशमा ८० प्रतिशत अंग प्रत्यारोपण मस्तिष्कमृत्यु भएका व्यक्तिहरुको अंगबाट हुने गरेको बताए । नेपालमा वर्षेनी ३ हजार जनाको मिर्गाैला र १ हजार जनाको कलेजो फेल हुने गरेको तथ्यांक रहेको छ । मस्तिष्क मृत्यु भएका एक व्यक्तिको ८ वटा अंग जीवित व्यक्तिमा प्रत्यारोपण गर्न सकिने भएपनि नेपालमा कलेजो र मिर्गाैला प्रत्यारोपण मात्रै भइरहेको छ । सरकारले मिर्गाैला प्रत्यारोपण र डाइलाइसिस दुवै सेवा निशुल्क  दिदै आएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार