१३ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदेश स्तरीय प्रथम युवा सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
युवालाई ज्ञान, सीप र दक्षतायुक्त बनाउन परिषद्को अग्रसरतामा आयोजना भएको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाहरुको सहभागिता रहेको थियो ।
सम्मेलन सम्पन्न भएसँगै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले सम्मेलनबाट जारी गरिएको ११ बुँदे घोषणापत्र प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई घोषणापत्र बुझाएका छन् । उक्त अवसरमा प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगाएतको उपस्थिति रहेको थियो ।
घोषणापत्र बुझ्नु हुँदै मुख्यमन्त्री जम्कट्टेलले युवामार्फत समृद्ध बागमती प्रदेश निर्माणमा हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले घोषणापत्रमा उल्लेख भएका विषयहरुलाई प्रदेश सरकारको नीतिमा समावेश गरी आवश्यक योजना ल्याउने आश्वसन पनि दिए ।
त्यसअघि सम्मेलनको समापन गर्दै सामाजिक विकास मन्त्री मुक्तानले सम्मेलनले जारी गरेको घोषणापत्रलाई शतप्रतिशत कार्यान्वयन गर्ने बताईन ।
सोमबार र मंगलबार दुई दिनसम्म चलेको सम्मेलनमा उद्यमशीलता र व्यापार, सामाजिक र सार्वजनिक जीवनमा युवाको सहभागिता, देश विकासमा युवाको भूमिका, व्यवसाय सुरुवातसम्बन्धी अवधारणा र सामाजिक सञ्जालको सदुपयोग एवम् चुनौतिका विषयमा ५ वटा सत्रमा बिषय विज्ञहरुले सहजीकरण गरेका थिए ।
यस्तै सम्मेलनको अवसरमा परिषद्ले विभिन्न क्षेत्रमा योगदान पु¥याएका पाँचजना युवाहरुलाई सम्मानित गरेको छ । बहिरा कलाकार काठमाडौंकी सुजल बम, भाषा, संस्कृति र साहित्य क्षेत्रका मकवानपुरको थाहा नगरपालिका बिर्खे अन्जानलाई सम्मान गरिएको थियो ।
यसैगरी नवप्रवर्तनतर्फ चितवनका अभय परियार, उद्यमतर्फ ललितपुरको आमा–छोरी अचार उद्योग र सामाजिक सेवाको क्षेत्रमा ललितपुरकी अंशु कार्कीलाई सम्मान गरेको छ । सबैलाई जनही २५ हजार रुपैयाँसहित सम्मापनपत्र प्रदान गरिएको थियो ।
सम्मेलनले जारी गरेको ११ बुँदे हेटौंडा घोषणापत्रः
१. युवालाई आयआर्जनसँग जोड्न बागमती प्रदेशका १३ जिल्लाका ११९ वटा पालिकाहरुमा सीप विकास तालिम केन्द्रहरुको स्थापना गरी रोजगारीका लागि युवालाई सक्षम बनाउन प्रदेश तथा संघीय सरकार समक्ष पैरवी गर्ने ।
२. युवाद्वारा उत्पादन गरिएका सामग्रीको बजार, उत्पादन, रोजगार, अन्य अवसर तथा युवासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुको जानकारी गराउने युवा बजारको अवधारणा विकास गरी कार्यान्वयन गर्ने ।
३. शैक्षिक कार्यक्रमहरु युवाको वृत्तिविकासमा प्रत्यक्ष परिवर्तन देखिने शैक्षिक पाठ्यक्रम निर्माण गर्न र इच्छा अनुसारको जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने कार्यक्रमहरु निर्माण गर्ने ।
४. देशका शैक्षिक संस्थाहरुलाई उत्पादनसँग जोड्न र नागरिकमा उद्यम भावनाको बिजारोपण गर्ने उद्देश्यले बागमती प्रदेशका १३ जिल्लाका ११९ पालिकाहरुमा रहेका ७०३१ वटै सामुदायिक विद्यालयहरुमा एक शिक्षण संस्था एक उद्यम र उत्पादन को नाराका साथ कार्यक्रम सञ्चालन गर्न पहल गर्ने ।
५. प्रदेश युवा परिषद्ले सम्बन्धित मन्त्रालय मार्फत् जीवनउपयोगी सीप सिकाउने र प्रत्यक्ष रुपमा आम्दानी हुने उमेर लक्षित सीप र काम भन्ने नाराका साथ नीति तथा कार्यक्रम तर्जुमा गर्न पहल गर्ने ।
६. सहज र सहुलियत कर्जा, बजारको सुनिश्चितता र दिगो उद्यमशीलता तथा उत्पादनको निश्चितता हुने गरी सरकारले अवलम्बन गरेका नीति तथा कार्यक्रमहरुमा परिमार्जन गर्दै युवा लक्षित व्यापारमैत्री उत्पादन लाई जोड दिन जोखिम हुने उद्यममा व्यावसायिक सुरक्षाको जोखिम लिन सक्ने वातावरण तयार गर्न पहलकदमी लिने ।
७. देशप्रतिको सम्मानभाव प्रकट गर्दै असल जिम्मेवार नागरिकको भावना विकास गर्ने अभिप्रायले कक्षा ११ र १२ को औपचारिक अध्ययन पश्चात् हरेक युवालाई अनिवार्यरुपमा युवाको रुची तथा विषयगत क्षेत्रमा न्युनतम ३ महिना स्वयम्सेवकका रुपमा कार्य गर्ने अवधारणालाई अवलम्बन गर्न नीतिगत निर्णय गरी अगाडि बढ्न पहल गर्ने ।
८. सरकारको नीति, कार्यक्रम र योजना निर्माणको प्रक्रियामा युवाको सहभागिता र विकास परियोजनाहरुमा प्रत्यक्ष संलग्नता सुनिश्चित गर्न योजना प्रक्रियालाई युवामैत्री बनाउन जोड दिने ।
९. सूचना प्रविधिको प्रभावकारी प्रयोग र उपायोगिताको र सुरक्षित इन्टरनेट र सामाजिक सञ्जाल प्रयोगका लागि युवा परिषद्को अगुवाइमा प्रदेशका सबै जिल्लामा सूचना प्रविधिको समुचित र उपयोगी प्रयोग केन्द्रित अभियान सञ्चालन गर्ने ।
१०. युवाको नवीनतम सोच र प्रयोगका साथै आविष्कार गरिएका प्रविधि, उत्पादन र विशेष खालको खोज, अनुसन्धानहरुमा राज्यको सहयोग र प्रवद्र्धनमा साझेदारी भई कार्य गर्न जोड दिने । उद्यमशीलता तथा व्यवसायमा युवालाई प्रेरित गर्ने गरी कानुनी प्रक्रियालाई सरलीकृत गर्ने ।
११. जलवायु परिवर्तन र वातावरण प्रदूषण लगायतका समस्याहरुको विषयमा छलफल पैरवी गरी वातावरण संरक्षणमा युवा सहभागिता बढाई अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्ने ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


















