१४ असार, हेटौंडा । रोटरी क्लव अफ मकवानपुरले हेटौंडा अस्पताललाई साढे ८८ लाख रुपैयाँ बराबरको विभिन्न सामग्री सहयोग गरेको छ ।
अस्पतालको सेवा प्रवाहमा थप सहयोग पु¥याउने उद्देश्यसहित रोटरीले विभिन्न आवश्यक सामग्री सहयोग गरेको हो । ८८ लाख ६० हजार ४७२ रुपैयाँको सामग्री बुधबार एक कार्यक्रमकाबीच अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मुटु सम्वन्धी स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहयोग गर्ने उद्देस्यले विविध स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए ।
यसमा हेटौंडा उपमहानगरपालिका सहित विभिन्न देशमा रहेका रोटरीयनहरुले सहयोग गरेका छन् । रोटरीले उपचारका लागि इकोकार्डियो मेसिन हस्तान्तरण गरेको हो । इकोकार्डियोसहित रोटरीले टिएमटी स्क्यान, इसीजी मेसिन, होल्टर सिस्टम मेसिन लगायतका सामग्री हस्तान्तरण गरेको हो ।
सामग्री सहयोगपछी अब हेटौंडा अस्पतालमा मुटु सम्वन्धि उपचार गर्नुपर्ने बिरामीका लागि सहज हुने मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।
हेटौंडा अस्पताललाई अहिले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको छ । सामग्री हस्तान्तरणको विषयमा पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको थियो । अस्पतालको सेवामा थप टेवा पु¥याउने उद्देश्यले सामग्री सहयोग हस्तान्तरण गरिएको रोटरीका अध्यक्ष कार्कीको भनाई छ ।
सहयोग सामग्री अन्तरणमा हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा.रामचन्द्र सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट लगायतकाले हेटौंडा अस्पतालको गुणस्तरीय सेवाका लागि सबैको साथ, सहयोग जरुरी रहेको बताएका थिए ।
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

















