Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरी गाउँपालिकाको मकवानपुरे सञ्चारकर्मीसँग अन्तरक्रिया

353936515_138321846227310-1688041986.jpg

१४ असार, हेटौंडा  । मकवानपुको मनहरी गाउँपालिकाले मकवानपुरे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार बिहान मनहरी गाउँपालिकाको केन्द्र रजैयामा सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो।मनहरी गाउँपालिकाको सहयोग र नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथ्यता गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको रहेको थियो ।
सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कालाखेतीले संचारकर्मीले आफ्नो कलमको सहायताले समाजमा रहेको विकृति,भ्रष्टाचार अन्त्य गर्न भुमिका खेल्न सक्ने बताए।उनले कार्यक्रममा भने–पालिकाबाट प्राप्त गरिने सुचनालाई सहज बनाइने र सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिइनेछ । 
उनले सञ्चारकर्मीसँग अन्तरक्रियाले गाउँपालिकाले गरेको कमि कमजोरी,पालिकाले गर्नपर्ने कार्य जस्ता विषयवस्तुको बारेका थाहा हुने भन्दै गलत काम गर्नेहरु सधै सञ्चारकर्मी र संचारमाध्यमसँग डराउने र मनहरी गाउँपालिकामा हुने गलत कार्यको बारेमा निस्वार्थ कलम चलाउन अनुरोध गरेका थिए । 
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठले गाउँपालिकाले गरेको काम, गाउँपालिकाले अघिल्लो आर्थिक बर्ष र आगामी आर्थिक बर्षमा विनीयोजित बजेट र कार्य उपलब्धिको बारेमा सञ्चारकर्मीलाई जानकारी गराएका थिए । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले गाउँपालिकाको चुनैतिलाई समाचारको माध्यमबाट सम्बन्धीत निकायललाई ध्यानकषर्ण गराउन अनुरोध गरका थिए । कार्यक्रममा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्नतप्रकाश अर्याल र ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठले वडा भित्र भएका प्रगती विवरण र स्थानीय तहको विकासमा संचारमाध्यम र सञ्चारकर्मीको भुमिका निकै महत्वपूर्ण रहने बताएका थिए । 
त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलालले सबै स्थानीय तहले दिने सुचना एकद्धार प्रणलीबाट दिनुपर्ने भन्दै पत्रकार हुँ भन्दै गलत नियतले गैर पत्रकारले डरत्रास देखाएर सुचना र विज्ञापन मागेमा पत्रकार महासंघसँग आवश्यक समन्व्य गर्न अनुरोध गरेका थिए । उपाध्यक्ष दुलालले यसरी अन्तरक्रिया कार्यक्रम गर्दा गाउँपालिकाको गतिविधी थाहा हुने र सञ्चारकर्मीले सहज रुपमा सुचना प्राप्त गर्न सक्ने बताए । उनले पालिकाले दिने सुचना र विज्ञापन संस्थागत रुपमा गर्न उपयुक्त रहने बताएका थिए । कार्यक्रममा पत्रकार सुनिल शिवाकोटी , रबिन्द्र  गौतम , प्रतिक्षा न्यौपाने लगायतले कार्यक्रमको विषयवस्तु बारे मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको स्वागत मन्त्व्य पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष धुव्र अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन पत्रकार महासंघ मकवानपुर सह–सचिव एम पी शर्माले गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार