Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

धानको परनिर्भरता हटाउन उत्पादन बढाउनुपर्छः प्रदेश प्रमुख शर्मा 

Pradesh-Pramukh-Sharma-1688089791.jpg

१५ असार, हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योदान रहँदै आएको बताएका छन् ।
विहीबार आज मनाइँदै गरिएको २० औं राष्ट्रिय धान दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने बताउँदै यसको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।
असार १५ अर्थात्, आजको ‘दिनलाई मानो रोपेर मुरी उब्जाउने’ महिनाको मध्ये दिनका रुपमा पनि हामीले लिने गरेको भन्दै प्रमुख शर्माले वि.सं.२०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने देशका रुपमा परिचित रहेको उल्लेख गरेका छन् । 
‘तर, विगत केही वर्षयता नेपालमा धानको आपूर्ति व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि आयात बढिरहेको तथ्याङ्क छ ।’ धानको उत्पादन घट्न गई आयात बढेकोप्रति प्रमुख शर्माको चिन्ता छ । 
‘खेतीयोग्य जमिन मासिदै र बाँझिदै गएको छ, जसबाट कृषिमा परनिर्भरता बढेको छ ।’ प्रमुख शर्माले भन्नुभएको छ । यस खालको अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने शर्माको भनाई  छ । 
‘बाँझो रहेको हाम्रो जमिनमा खेती गर्नका लागि अभियान नै चलाईनुपर्दछ ।’ उनले आफ्नो शुभकामनामा भनेका छन्, ‘तराईका फाँटहरूमा धान उत्पादनलाई प्राथमिकता दिई किसानहरुलाई यसप्रति आकर्षित गराउँनुपर्दछ ।’ 
नेपालको संविधानमा खाद्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रमुख शर्माले नागरिकको यो हक सफलतापूर्वक कार्यान्वयन गर्न सरकारले दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई प्राथमिकता राखी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले धानको पकेट क्षेत्र नै मानिएको नेपालमा प्रशस्त सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, समयमै, बीऊ तथा मलको उपलब्धता, किसानलाई आधुनिक प्रविधिबारे ज्ञान तथा शीप प्रदान गर्ने काममा तीनै तहका सरकार तथा यससंग सम्बन्धित सरोकारवालाको ध्यान जानुपर्ने बताएका छन् ।
 

Subhakamana-Sandesh-1688089793.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

थप समाचार