Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पालुङ जेसीजको ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र अन्तरक्रिया

357640383_656775643140749-1688180659.jpg

१६ असार, हेटौँडा ।  मकवानपुरको थाहा नगरपालिकामा क्रियाशिल  पालुङ जेसीजले स्थानीय उत्पादनहरुको बजार प्रबर्द्धनका लागि सहजीकरण गर्न अन्तरक्रिया कार्यक्रम र ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।
जेसीजले शुक्रबार बिहान थाहा नगरपालिका ३ मा क्रियाशिल नमूना लघुउद्यमी महिला समूहको समन्वयमा स्थानीय महिलाहरुले उत्पादन गरेका अचार लगायतका उत्पादनहरुको बजार प्रबर्द्धन गर्नमा सहकार्यको लागि समन्वय गर्न अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । थाहा नगरमा उत्पादन भएका भएका हस्तकलाका सामग्री र खाद्यान्न सामग्रीको जेसीजले आफ्नो कार्यक्रमहरुमा थाहा नगरको चिनो स्वरुप र देशका बिभिन्न क्षेत्रमा बजारिकरणको लागि पहल गर्नको लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले बताएका छन् । कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजित कार्कीको संयोजकत्वमा भएको थियो । 
त्यसैगरी जेसीजले शुक्रबारने थाहा नगरपालिका ३ मा रहेको सीताराम ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिका –१ मा रहेको संकल्प पोलिक्लिनिक र विङ युथ संस्थाको सहकार्यमा केन्द्रका २५ जना ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिनुका साथै स्वास्थ परामर्श दिईएको थियो । स्वास्थ्य परीक्षणका साथै दही चिउरा खुवाउने कार्यक्रमको पनि आयोजना गरिएको थियो दुवै कार्यक्रम पालुङ जेसीज बर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीको प्रमुख आतिथ्यतामा भएको थियो ।


 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार