Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फिचर लेखनका सर्वोत्कृष्ट र उत्कृष्ट १२ जना पत्रकार पुरस्कृत

354242044_106261830152513-1688307685.jpg

१७ असार ,हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरले आयोजना गरेको फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट र उत्कृष्ट १२ जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।  हेटौंडा उपमहानगरपालिकाको सहकार्य र महासंघको आयोजनामा भएकोे फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट दुई सहित १२ जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।

फिचर लेखनमा सर्वोत्कृष्ट महिला तर्फ सुनिता विष्ट र पुरुष तर्फ सुमन दाहाललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई क्रमश नगद १५ हजार सहित पुरस्कृत गरिएको थियो  । त्यसैगरी उत्कृष्ट १० जना पत्रकारमा  स्मिता अर्याल, प्रतीक्षा न्यौपाने, निशा गुरुङ्, प्रिया पौडेल, सुजन ढकाल, अनिल पराजुली, रवीन ढुङ्गाना, श्रीराम अर्जुन, खेम बोलखे र जमुना तमाङ् घोषत भएका थिए । उनीहरुलाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले आइतबार फिचर लेखन प्रतियोगितामा सर्वोत्कृष्ट दुई सहित १२ जना पत्रकारलाई पुरस्कृत गरेकी हुन्। 
पत्रकार महासंघका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको पुरस्कार वितरण  कार्यक्रममा  नेपाल पत्रकार महासंघ बागमती प्रदेशका  पुर्व अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, प्रेस मञ्च नेपालका अध्यक्ष मनोज ढोडारी लगायत मकवानपुरमा क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपमहानगरपालिकाकी प्रमुख लामाले मकवानपुुरका पत्रकारलाई राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा पुर्याउनका लागि हेटौंडा उपमहानगरले सधैं सहयोग गर्ने बताइन् । हेटौंडा उपमहानगरपालिकाभित्र भएका शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन लगायतका विकासको क्षेत्रमा आधारित शीर्षकको  फिचर लेखन प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार