२६ असार,हेटौँडा । हेटौैंडा–२ सिद्धार्थपथमा रहेको सिद्धार्थ माविबाट २०७९ सालको एसईई परीक्षामा ए प्लस ल्याइ र उत्कृष्ट भएका विद्यार्थीहरुलाई विद्यालय र २ नम्बर वडा कार्यालयले पुरस्कृत र सम्मान गरेको छ । मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गर्दै संयुक्त रुपमा वडा कार्यालय र विद्यालयले विद्यार्थीलाई पुरस्कृत गरेको हो ।
वडा कार्यालयले जिपीए ए प्लस ल्याउने विद्यार्थीलाई नगद १० हजार र विद्यालयले ५ हजार र ए ल्याउनेलाई प्रशंसापत्रले सम्मान गरेको हो । परीक्षामा सहभागी १८५ जना विद्यार्थीमध्ये ए प्लस ल्याउने ९ जना, ए ल्याउने २२ जना, बी प्लस ल्याउने ३२ जना, बी ल्याउने ४८ जना, सी ल्याउने ४६ जना र सी प्लस ल्याउने २८ जना रहेको विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यता र वडा नम्बर २ का वडाध्यक्ष बिष्णु गोपाल मर्हजनको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले जिल्लाकै उत्कृष्ट मानिएको विद्यालयको नतिजाले सबैलाई खुशि तुल्याएको बताए । उनले शिक्षक र विद्यार्थीको सहकार्यले नतिजा संम्भव रहेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै वडाध्यक्ष मर्हजनले २०८०को एसइइ नतिजामा ए प्लस हासिल गर्नेलाई नगद १५ हजारले सम्मान गर्ने उदघोषण गरका थिए ।
सम्मान कार्यक्रममा विद्यालयका प्रअ मोहन प्रसाद शर्मा ,हेटौंडा २ नम्बर वडा सदस्य सुरज बतौँला,विद्यालय व्यवस्थापन समितिका सदस्यहरु रामचन्द्र बतौँला, ज्ञानु महरा, सरिता दाहाल, लक्ष्मि श्रेष्ठ, पिटिए अध्यक्ष भिम कुमार श्रेष्ठ लगायतको आतिथ्यता थियो ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














