Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनकामना जाने बाटोको विद्यार्थीले गरे सरसफाई 

Relianceee-1513217438.jpg

२७ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका ५ मा रहेको रिलान्स इङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलमा कक्षा ८ र ९ मा अध्ययन विद्यार्थीहरुले मकवानपुर गढी गाउँपालिकामा रहेको धार्मिक स्थल मनकामना जाने बाटोको सरसफाई गरेका छन् ।
विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले सरसफाईमा सहभागिता जनाएको सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट विनम्र अधिकारीले जानकारी दिए । ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टको संयोजनमा भएको कार्यक्रममा क्लबमा आवद्ध ३० जना विद्यार्थहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले हेटौँडा ५ सिँचाई टोल देखी मनकामना मन्दिर सम्मको बाटोको दुवै तर्फ फालिएका प्लास्टिक, कागज जस्ता फोहर संकलन गरी सरसफाई गरेका हुन । 
विद्यार्थीहरुले मनकामना मन्दिर नजिक व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई पसलमा आउँने ग्रहकहरुलाई प्लास्टिक, कागज, विस्कुट, चाउ चाउका खोल जथाभावी नफाली दिन आग्रह गर्न सुझाव समेत दिएको पिस क्लबका प्रेसिडेन्ट आयुष मिश्रले बताए । 
प्रत्येक दिन विहान धेरै मानिसहरु मर्निङ वाल्कका लागी हिड्ने बाटो र धार्मिक स्थल सम्म पुग्ने बाटोमा फोहर बढेपछि सरसफाई गरेको क्लबका प्रेसिडेन्ट अधिकारीले जानकारी दिए । अधिकारीले क्लबको गतिविधि बढाउँदै लैजाने बताउँदै आगामी दिनमा हेटौँडानगर क्षेत्र भित्रका धार्मीक स्थलहरुको सरसफाई गरिने जानकारी दिए । 
सरसफाई कार्यक्रममा रिलायन्स स्कुलका पूर्व विद्यार्थीहरु बिबेस मानन्धर, प्रज्वल राजथाला, नेपालको वातावरणीय अध्यनका लागी आएका अमेरीकि विद्यार्थीहरु एलीजा र मेगान तथा विद्यालयका शिक्षक मनोज मिश्रको सहभागिता रहेको थियो । 
 

Reliacne2-1513217438.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

थप समाचार