३१ असार, हेटौंड । मकवनपुरका केही स्थानीय तहले साउन १ गते सोमबारबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएका छन ।
बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने तयारी गरेको छ ।
बकैया गाउँपालिकाले १ साउनबाट पालिकाभित्र मादक पदार्थको जथाभावी प्रयोग र सूर्तीजन्य पदार्थको प्रयोग र बेचबिखनमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले सरकारले जारी गरेको सुर्तीजन्य पदार्थ नियन्त्रण एवं नियमन ऐनलाई टेकेर उपमहानगरपालिकाले ०७७ मा बनाएको निर्देशिकाका आधारमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने तयारी गरेको जानकारी दिए ।
‘सार्वजनिकस्थलहरू जस्तै विद्यालय, सरकारी कार्यालय, अस्पताल जस्ता क्षेत्रको एक सय मिटर क्षेत्रभित्र सुर्तीजन्य पदार्थको बेचबिखन र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाउन उपमहानगरपालिकाले १ साउनबाट अभियान सुरु गर्छ,’ उनले भने, ‘त्यसका लागि सबैभन्दा पहिले उपमहानगरका टोलटोलमा प्रचार–प्रसार, माइकिङ गरेर जानकारी गराउने तयारी गरेका छौं ।’
प्रवक्ता न्यौपानेले पालिकाको निर्देशन नमान्ने जोकोहीलाई २५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्ने जानकारी दिए । उनले होटेल तथा रेस्टुरेन्टहरूलाई समेत सुर्तीजन्य पदार्थ प्रयोग गर्न स्मोकिङ जोन छुट्याउन पत्राचार गर्ने बताए ।
‘पहिल्यैदेखि नै कानुन थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा समस्या भइरहेको थियो । अब कानुनको परिपालनामै कडाइ गर्ने तयारी गरेका छौँ । होटेल तथा रेस्टुरेन्टहरूमा समेत छुट्टै स्मोकिङ जोनको व्यवस्था गर्न पत्राचार गर्दै छौँ,’ उनले भने ।
बकैया गाउँपालिकाले सूचना जारी गर्दै पालिकालाई लागुऔषधमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न लागुऔषधसहित सुर्ती र मदिरा सेवनमा निषेध गर्न लागिएको जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले लागुपदार्थमुक्त गाउँपालिकाका रूपमा स्थापित गर्न गाउँ कार्यपालिकाको बैठकले नै निर्णय गरेर सूचना जारी गरेको बताए । ‘कानुनद्वारा निषेधित र नियन्त्रित लागुपदार्थहरू स्वाभाविक रूपमा प्रयोग गर्न पाइँदैन । हामीले पालिकामा मदिराजन्य पदार्थ जाँड, रक्सी, छ्याङ, तुम्बा, निगार र सुर्तीजन्य पदार्थको प्रयोगलाई निषेध गर्ने तयारी गरेका छौँ,’ उनले भने ।
१ साउनबाट बकैया गाउँपालिकाको क्षेत्रभित्र ओसारपसार, विक्री–वितरण, तथा प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्ने भनी सूचित गराइसकिएकाले कसैले सूचनाको बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने अध्यक्ष लामिछानेले चेतावनी दिए । उनले पालिकाभित्र सार्वजनिक पदधारण गरेका व्यक्तिले कानुनको उल्लंघन गरे दोब्बर सजाय हुने दाबी पनि गरे ।
हेटौँडा र बकैयाले जस्तै मनहरी गाउँपालिकाले पनि पालिकाभित्र सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने जनाएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममै मनहरी क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने घोषणा गरेको थियो । मानवीय स्वास्थ्यलाई हानी पु¥याउने भएकाले सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...


-1789608059.jpg)














