१ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सोमबारबाट दुईवटा डाइलिसिस् मेसिन थप गरिएको छ ।
आरोग्य फाउण्डेसनले हेटौंडा ११ मा रहेको चुरेहील अस्पतालमा सञ्चालन गरेको डायलिसिस् सेवा बन्द भएपछि हेटौंडा उपमहानगरपालिकाको पहलमा ती मेसिन हेटौंडा अस्पतालमा ल्याइएको मेयर मिना लामाले जानकार दिइन् ।
‘चुरेहील अस्पतालमा डाईलिसिस सेवा बन्द भएपछि उपमहानगरको पहलमा मेसिनलाई हेटौंडा अस्पतालमा ल्याइएको हो । फाउण्डेसनसँग कै सहकार्यमा सोमबारबाट हेटौंडा अस्पतालमा थप दुईवटा मेसिनबाट सेवा दिन सुरुवात गरेका छौं ।’ उनले भनिन् ।
मेसिन बन्द रहँदा चुरेहिलमा उपचार लिदै आएका बिरामीहरु सेवाबाट बञ्चित हुन पर्ने र सेवा लिनका लागि बाहिरी जिल्ला जानुपर्ने भएपछि ती मेसिनलाई हेटौंडा अस्पतालमा ल्याइएको मेयर लामाले बताईन् ।
मिर्गौलाका बिरामीहरुलाई दिँदै आएको सेवालाई थप प्रभावकारी बनाउँनका लागी हेटौंडा अस्पतालमा दुई वटा मेसिन थप गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रामचन्द्र सापकोटाले जानकारी दिए ।
उपमहानगरको पहलपछि मिर्गौलाका बिरामीले उपचार सेवा हेटौंडामै पाउने अवस्था बनेको हेटौंडा अस्पतालका मेसु डा. रामचन्द्र सापकोटाले बताए । दुईवटा डायलिसिस मेसिन थपिएसँगै अब हेटौंडा अस्पतालमा मेसिनको संख्या १४ पुगेको छ । तर एउटा मेसिन विग्रिएर ममर्तको काम भइरहेकोले अहिललेलाई १३ वटा मेसिनबाट मात्रै सेवा दिन सकिने डा. सापकोटाले जानकारी दिए ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...


-1789608059.jpg)














