Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उच्च अंक ल्याउने तिन विद्यार्थी सम्मानित

dddddd-1689599065.JPG

१ साउन, हेटौंडा । एसईई, बिबिए सातौं सेमष्टर र बिबिएसमा उच्च अंक ल्याउँने मकवानपुरका तीनजना विद्यार्थीलाई हेटौंडा उपमहानगरपालिकाले सोमबार सम्मान गरेको छ ।
बिभिन्न संकायमा अध्ययन गरी उच्च अंक सहित नेपाल टप गर्न सफल बिद्यार्थिहरुलाई हेटौंडा उपमहानगरपालिकाले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । 
सम्मानित हुनेहरुमा तासिर इङ्लिस स्कुलबाट २०७९ को एसईईमा सहभागी डाफिन राइका, मकवानपुर बहुमुखि क्याम्पसबाट बिबिए सातौं सेमष्टरमा सहभागि हेटौंडा–९ की सृष्टी महर्जन र मकवानपुर क्याम्पसबाटै २०७८ सालको बिबिएसमा सहभागि हेटौंडा–६ का प्रकाश गौतम रहेका छन् ।
एसईईमा सहभागि डाफिनले ४ जिपीए, बिबिएम सातौं सेमेष्टरमा सहभागि सृष्टी र बिबिएसमा सहभागि प्रकाशले सामुदायीक क्याम्पस तर्फ नेपाल टप गर्न सफल भएका थिए । उनीहरुलाई हेटौंडा उपमहानगरपालिकका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले प्रशंसा पत्र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
विद्यार्थीहरुलाई सम्मान गर्दै मेयर लामाले उपमहानगरले आर्थिक अभाबका कारण कसैको पनि पढाई रोकिने वातावरण बन्न नदिने दावी गरिन् । उलने नगरको शैक्षिक अवस्था सुधारका लागि उपमहानगरपालिकाले काम गरीरहेको बताइन् । 
यस्तै कार्यक्रममा उपप्रमुुख बानियाँले शिक्षामा उज्वल भविष्य बोकेका बिद्यार्थिको अध्यापनमा उपमहानगरले सधै सहयोग गर्ने बताए । उनले क्याम्सहरुमा शैक्षिक गुणस्तर कायम गर्दै राम्रा बिद्यार्थिलाई नेपालमै टिकाउन उपमहानगरपालिकाले ठोस कार्ययोजना बनाएर आगामी दिनमा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, उपमहानगरका बिज्ञ सल्लाहकार कृष्ण धिताल, शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, तासिर इड्डलिस बोर्डिङका प्रिन्सिपल बिनोद थपलियाको आतिथ्यता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार