Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मातृभूमिद्वारा ६ जनालाई सम्मान

ddf-1690013631.jpg

६ साउन, हेटौंडा । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार हेटौँडामा शुक्रबार शिक्षा र साहित्य क्षेत्रमा योगदान पुर्याएका ६ जना व्यक्तिहरुलाई सम्मान गरेको छ ।
समाजले शिक्षा र साहित्यमा योगदान पु¥याएको भन्दै साहित्यकार आर.आर. चौलागाई, शैलेन्द्र प्रकाश नेपाल, लकाश पौडेल, रामचन्द्र फुर्सती, मालती उप्रेतीलाई नगद सहित सम्मान गरिएको हो ।
साहित्यकार चौलगाईँलाई नगद १५ हजार राशिको श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ प्रदान गरिएको छ । यस्तै १५ हजार राशि कै ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७९’ बाट काठमाडौंका साहित्यकार शैलेन्द्र प्रकाश नेपालाई सम्मान गरिएको हो ।
यस्तै कार्यक्रममा १५ हजार राशिको होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार–२०७९ बाट चितवनका वरिष्ठ साहित्यकार लकाश पौडेल र ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–२०७९’ मकवानपुरका रामचन्द्र आचार्य ‘फुर्सती’लाई सम्मान गरिएको छ । पुसर्तीलाई पनि १५ हजार नगद राशिबाटै सम्मान गरिएको हो ।
यसैगरी १५ हजार राशि कै ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–.२०७९’ बाटै मकवानपुरका मालती उप्रेतीलाई सम्मान गरिएको समाजका अध्यक्ष माधव पोखरेलले जानकारी दिए ।
अध्यक्ष पोखरेलले कार्यक्रम कै अवसर पारेर ‘झलकबहादुर बानियाँ जीवन संघर्ष–मातृभूमि सम्मान–२०७९’ बाट हेटौँडा–१८, हर्नामाडीमा रहेको कमला आधारभूत विद्यालयका एक विद्यार्थीलाई नगद ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मान गरिएको बताए । 
मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको सभाध्यक्ष तथा प्रा. डा. गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै समाजले शनिवार हेटौंडामा नगद ५१ हजार राशिको महालक्ष्मी साहित्य पुरस्कार २०७९ बाट प्रा. डा. गोविन्द राज भट्टराई र नगद ७ हजार ५ सय राशिको केशवलाल स्मृती मातृभूमी पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार शुरेस श्रेष्ठलाई सम्मान गर्दै छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार