Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा मुअब्जा बिना घर भत्काउन नदिन प्रदर्शन 

birod-1690632252.JPG

 १३ साउन,हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनिहरुले शनिबार हेटौँडाको मुख्यचोकमा बिरोध प्रदर्शन गरेका छन् । 
शनिबार दिउँसो हेटौँडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनिहरुले विरोध प्रदर्शन गरेका हुन्।मकवानपुर उद्योग बाणिज्यसंघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो । विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग बाणिज्यसंघ पुर्व अध्यक्ष,घर धनि र  हेटौंडा बसोबास संरक्षण समितिका पदाधिकारीले विरोधसभामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षेतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न चेतावनी दिएका थिए । विरोध सभालाई सम्बोधनमा क्रममा  सहभागिले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन् । 
यता डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ। यसकालागि जेसिबि,डोजर र अन्य ह्रयाबी उपकरण तयारी अवस्थामा रहेको समेत बताइसकेको छ  । सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालय र जनजागृती मा विको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ।सडक कार्यालयको ३५ दिने सुचनामा यहि साउन १५ गते सकिदैछ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार