Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा मुअब्जा बिना घर भत्काउन नदिन प्रदर्शन 

birod-1690632252.JPG

 १३ साउन,हेटौँडा । हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने र नदिने भन्दै व्यावसायी र घरधनिहरुले शनिबार हेटौँडाको मुख्यचोकमा बिरोध प्रदर्शन गरेका छन् । 
शनिबार दिउँसो हेटौँडाको मुख्यचोकमा भेला भएर हेटौंडाको मुख्य बजार क्षेत्रका २५ गज भित्र पर्ने घर टहर बिना मुआब्जा भत्काउन नहुने भन्दै व्यावसायी र घरधनिहरुले विरोध प्रदर्शन गरेका हुन्।मकवानपुर उद्योग बाणिज्यसंघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा उक्त विरोध प्रदर्शन भएको हो । विरोध प्रर्दशनमा बोल्दै मकवानपुर उद्योग बाणिज्यसंघ पुर्व अध्यक्ष,घर धनि र  हेटौंडा बसोबास संरक्षण समितिका पदाधिकारीले विरोधसभामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षेतिपूर्ति दिएर मात्र सडक विस्तार गर्न चेतावनी दिएका थिए । विरोध सभालाई सम्बोधनमा क्रममा  सहभागिले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनी पनि दिएका छन् । 
यता डिभिजन सडक कार्यालयले यही साउन १६ गतेबाट हेटौंडा–१५ रातोमाटेदेखि हेटौंडाको राप्ती पुलसम्म एकैसाथ जुनसुकै स्थानबाट सडक विस्तार सुरु गर्ने बताएको छ। यसकालागि जेसिबि,डोजर र अन्य ह्रयाबी उपकरण तयारी अवस्थामा रहेको समेत बताइसकेको छ  । सडक कार्यालयले केही दिन अघि क्षेत्राधिकार भित्र पर्ने हेटौँडा–१५ को वडा कार्यालय र जनजागृती मा विको पर्खाल र त्यहाँ बनेको संरचना भत्काइसकेको छ।सडक कार्यालयको ३५ दिने सुचनामा यहि साउन १५ गते सकिदैछ  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार