Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दुई कर्मचारीलाई एघारौँ तहमा बढुवा गर्ने बागमती सरकारको निर्णय

ffda-1690725867.JPG

१४ साउन, हेटौंडा । बागमती प्रदेश सरकारले आइतबार प्रदेशका दुईजना कर्मचारीलाई एघारौँ तह (प्रदेश सचिवमा) बढुवा गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रीपरिषदको बैठकले स्वास्थ्य सेवा तर्फका नारायण बहादुर कार्की र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए ।  
मुख्यमन्त्री जम्कट्टेलका अनुसार बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १५ को उपदफा १ बमोजिम कार्की र रेग्मीलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरिको हो । उनका अनुसार दसौँ तहका जनस्वास्थ्य प्रयोगशाला, धुलिखेलका निमित्त निर्देशक कार्की र यातायात पूर्वाधार निर्देशनालय हेटौँडाका निमित्त निर्देशक रेग्मीलाई बढुवा समितिको सिफारिशमा एघारौं तहमा बढुवा गरिएको हो । 
प्रदेश सरकारले यसअघि पनि असार २० गते प्रदेश निजामती सेवा ऐनले व्यवस्था गरे अनुसार प्रदेशका दुईजना कर्मचारीलाई एघारौँ तह (प्रदेश सचिव)मा बढुवा गर्ने गरेको थियो ।प्रदेश सरकारको तत्कालिन निर्णय अनुसार एघारौँ तहमा बढुवा भएका डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीले नियुक्ती लिएर जिम्मेवारी समेत पाईसकेका छन् । प्रदेश सरकारले उनीहरुलाई शिक्षा एवं प्रशासन सेवातर्फ एघारौँ तह (प्रदेश सचिव)मा बढुवा गरेको थियो ।
यस्तै आइतबारको मन्त्रीपरिषद बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 
बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । यसैगरी मन्त्रीपरिषद् बैठकले प्रदेशको श्रमसम्बन्धी नीतिसमेत स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्री जम्कट्टेलले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार