Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

डेंगु नियन्त्रणका लागि चार ‘भेट्रो निरीक्षक’ राख्दै हेटौंडा 

Hetauda-1-1690766378.jpg

१५ साउन, हेटौंडा । डेंगु रोगको नियन्त्रणका लागि हेटौंडा उपमहानगरपालिकाले चार जना भेट्रो निरीक्षक नियुक्त गर्ने भएको छ । उपमहानगर क्षेत्रमा डेंगुको संक्रमण कम गर्नका लागि उपमहानगरले नियुक्त गर्ने भेट्रो निरीक्षकले डेंगुको सम्भाबित बास स्थानको खोजि गर्ने र नष्ट गर्ने काममा परीचालन हुने बताइएको छ । 
आइतबार उपमहानगरका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा बसेको स्थानिय विपद् व्यवस्थापन समितिको बैठकले रोगको संक्रमण नियन्त्रणका लागि निरीक्षक नियुक्त गरेरै कम अघि बढाउने निर्णय गरेको हो ।
बैठकले फिल्डमा खटिएका निरीक्षकले संक्रमणको अांकलन गरेको स्थान सहित सम्भाबित ठाउँहरुमा स्प्रे गर्ने, संक्रमणमा परेका बिरामीको परिक्षणका लागि किट खरिद गर्ने र संक्रमणको खोज र नष्ट गर्नका लागि स्वास्थ्य स्वयम सेविका सहित टोल बिकास सस्थालाई परिचालन गरिने निर्णय गरेको उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिए । 
जेठबाट देखिएको संक्रमण साउनमा एकै पटक ५ जनामा पुष्टि भएको । अहिले हेटौंडामा ९ जना बिरामि डेंगु संक्रमित उपचारको क्रममा रहेका छन् । लामखुट्टेको टोकाईबाट सर्ने डेंगुका कारण गत बर्ष हेटौंडा उपमहानगरपालिकामा मात्र ४ हजार ३४३ जना संक्रमित भएका थिए भने मकवानपुर जिल्लामा ५ हजार ८५९ जना बिरामी परेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 
उपमहानगरले डेंगु नियन्त्रणका लागि काम गर्ने स्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाईटि मकवानपुरसँग सहकार्य गरेर नगर क्षेत्रमा अभियान सञ्चालन गर्ने छ । रोगको नियन्त्रणका लागि नागरीक आफै सचेत हुन जरुरी रहेको भन्दै हिडडुलका समयमा ध्यान दिन उपमहानगरले नगरवासीलाई आग्रह गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार