Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हाम्रो घरका बालिबालिकालाई रोटरीले खुवायो खीर

dff-1690852464.jpg

१६ साउन, हेटौंडा । रोटरी क्लब अफ मकवानपुरले असहाय बालबालिकाको उद्दार एवम् पालनपोषण गर्दै आएको संस्था हाम्रो घरका बालबालिकालाई खीर खुवाएको छ । 
साउन १५ को सन्दर्भमा सोमबार एक कार्यक्रमकाबीच ग्रामीण जीवनस्तर सुधार मञ्च मकवानपुरद्वारा सञ्चालित हाम्रो घरका बालबालिकालाई खीर खुवाएको हो । संस्थामा हाल २४ जना बालबालिका रहेका छन् । 
अभिभावकविहीन बालबालिकासँगै चाडपर्व मनाउने उद्देश्यले खीर खुवाउने कार्यक्रमको आयोजना गरिएको रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष अन्जनीकुमार पराजुलीले जानकारी दिए । 
मनोज ढोडरीको संयोजनमा भएको कार्यक्रममा रोटरी क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष ज्ञापनकृष्ण प्रजापतिको प्रमुख आतिथ्यता रहेको थियो । अध्यक्ष पराजुलीले हाम्रो घर संस्थामा प्रत्येक वर्ष रोटरीले सहयोग कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाए । 
कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका पूर्व अध्यक्ष विजयलाल श्रेष्ठ, निवर्तमान अध्यक्ष कृष्णबहादुर कार्की, रोट्¥याक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, अध्यक्ष राजन कटुवाल लगायतको आतिथ्यता थियो । कार्यक्रममा रोटरी र रोट्¥याक्टका पदाधिकारी उपस्थित थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

थप समाचार