१८ साउन, हेटौंडा । सशस्त्र प्रहरीको टोलीले हेटौडाबाट करिब १५ लाख रुपैयाँ बराबरको अवैध लागूऔषध र भन्सार छलीको कपडासहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरको टोलीले प्रतिवन्धित औषधी ट्रामाडोल ५० एमजीको एकलाख ३१ हजार ७६० ट्याब्लेट, म्याद सकिएको महारिच ब्राण्डको मल्टी भिटामिन १५० थानसहित कपडा बरामद गरेको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र ०१–००६ ख २६५६ नम्बरको कन्टेनरबाट लागूऔषधसहित १४ लाख ४७ हजार बराबरको भन्सार छलीको कपडा समेत बरामद गरेको छ ।
पाइन्ट, टिसर्ट, कुर्ता लगायतको कपडा र प्रतिवन्धित औषधी सहित कन्टेनर चालक काभ्रेको देउपुर नगरपालिका ९ मण्डन बस्ने ४८ वर्षीय ज्ञानेन्द्रकुमार सापकोटालाई नियन्त्रणमा लिइएको सशस्त्रका प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए ।
‘सशस्त्रको टोलीले चेकिङको क्रममा ट्रक चालक सापकोटाले केही वस्तुहरु ट्रकको क्याविनबाट झाडीमा फालेर भाग्ने प्रयास गरेपछि हामीलाई थप शंकाको आधारमा चेकिङ गर्दा लागूऔषध र भन्सार छलीको सामान फेला पारेका हौं’, प्रहरी उपरीक्षक कार्कीले भने । सशस्त्रको कानून शाखासँग आवश्यक समन्वय गरी कारबाही एवम् अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...





-1789608059.jpg)











