Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उच्च अदालत पाटन हेटौंडा इजलासमा दुई वर्ष अघिको एउटा मुद्धा फछर्यौट हुन बाँकी

IMG_3682-1691408565.JPG

पत्रकार भेटघाटमा बोल्दै मुख्य न्यायधीश अब्दुल अजिज मुसलमान

सुनिल शिवाकोटी
२२ साउन, हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले १८ महिना देखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको छ । उच्च अदालत पाटन,हेटौंडा इजलासले सोमबार पत्रकार भेटघाटको आयोजना गर्दै आर्थिक वर्ष २०७९÷०८० मा १८ महिनादेखी २ वर्ष नाघेका एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको जनाएको हो ।
पत्रकार भेटघाटमा अदालतका रजिस्ट्रार जगदीशप्रसाद भट्टले सरल मार्ग( ६ महिना), समान्य मार्ग ( १ बर्षं) र विशेष मार्ग (१८ महिना) गरी ३ मार्गमा विभाजन गरि मुद्धा फछर्यौट गर्नै गरेको र आर्थिक वर्ष २०७९÷०८० मा २ वर्ष नाघेका २०७८ । ०८। २१ गते दर्ता भएको मोटसाइकल चोरी सम्बन्धी एउटा मात्र मुद्धा फछर्यौट हुन बाँकी रहेको बताएका छन् । भट्टले आर्थिक वर्ष २०७९÷०८० अदालतले  १७४१ वटा मुद्दा फर्छयौट गर्ने लक्ष्य लिएकोमा १३१२ मुद्धा फछर्यौट गर्न सफल रहेको जानकारी दिएका छन । जुन अदालतको फछर्यौट भएको मुद्धा लक्ष्यको ७५ Þ३६ प्रतिशत रहेको छ ।

अदालतका रजिस्ट्रार भट्टले अदालतमा दर्ता भएका देवानी भन्दा लागू औषधको मुद्दा बढी रहेकोले गत वर्षको ४२९ मुद्दा फछर्यौट हुन बाँकी रहेको बताए । पत्रकार भेटघाटमा अदालतको यस आर्थिक वर्षमा अघिल्लो वर्षबाट ४२९ वटा मुद्धाको जिम्मेवारी सरेर आएको, गत वर्षमा १ हजार १९६ थान नयाँ मुद्धा दर्ता भएको जनाइएको छ । 

आर्थिक वर्ष २०८०÷८१ मा १ हजार २६७ नयाँ मुद्धा दर्ता हुने अनुमान गरिएको र  चालू वर्षमा १ हजार १०४ वटा मुद्धा फछर्यौट गर्ने लक्ष्य लिएको अदालतका सुचना अधिकारी केशवराज कौशिकले बताएका छन् । “उच्च अदालत पाटन हेटौँडा इजलासले पुरानवेदन मुद्धा, शुरु मुद्धा , साधक तथा रिट र निषेधाज्ञाका मुद्दाहरु हेर्ने गरेको छ“– पत्रकार भेटघाटमा कौशिकले भने । 

पत्रकार भेटघाटमा बोल्दै उच्च अदालत पाटन, हेटौंडा इजलासका मुख्य न्यायधीश अब्दुल अजिज मुसलमानले अदालत प्रतिको जनआस्था कायम राख्न मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । पत्रकार भेटघाटमा अदालतको आदेश,फैसला र मुद्दामा प्रयोग हुने शब्द बुझ्न कठिन भएको भन्ने पत्रकारको प्रश्नमा ? मुख्य न्यायधीश मुसलमानले छिट्टै पत्रकार महासंघको सहकार्यमा पत्रकारसँग सहजिकारण कार्यक्रमको व्यवस्थापन गरिने कुरालाई  स्पष्ट परेका थिए ।

पत्रकार भेटघाटमा बोल्दै अदालतका न्यायधीश राजेश्वर तिवारीले प्रेस राज्यको चौथो अंग रहेकोले देशमा शुसासन कायम गर्न मिडियाको भूमिका महत्वपूर्ण भएको बताए । उनले अदालतबाट हुने न्याय सम्पादकाको कार्य अब पहिलाको जस्तो नरहेको दुई बर्ष सम्मपनि  मुद्दा फछर्यौट हुन नसके ताल्लुक निकायमा लिखित प्रतिवेदन दिनुपर्ने पर्ने अवस्था रहेकोले मुद्दालाई ३ मार्गमा विभाजन गरी फछर्यौट गर्ने  गरिएको बताए।पत्रकार भेटघाटमा अदालतका न्यायधीश मेरिना श्रेष्ठ,निर्माला शाक्य सहित अदालतका कानुन अधिकृत, मकवानपुरे पत्रकारहरुको उपस्थिती रहेको थियो । उच्च अदालत पाटन, हेटौंडा इजलासले चितवन र मकवानपुरको पुनरावेदकीय भएका मुद्धा हेर्ने गर्दछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार