Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुरमा डेंगु नियन्त्रणमा प्रशासनको चासो, सरोकारवालासँग छलफल

cdo-office-1691413138.JPG

२२ साउन,हेटौँडा । मकवानपुरमा डेंगुका विरामीको संख्या उकालो लाग्ने थालेसँगै यसको नियन्त्रणमा सरोकारबाला सबै निकायहरुको सक्रियता देखाउन समय आएको जनाइएको छ । 
स्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालयमा भएको डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि जिल्लास्तरीय सरोकारवालाहरुसँगको छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्लामा डेंगुका विरामीको संख्या उकालो लाग्ने थालेसँगै यसको नियन्त्रण बारे चासो जनाइएको हो । 
स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले मकवानपुरमा यस आर्थीक बर्षको सुरुवातमै अघिल्लो बर्षको तुलनामा जिल्लामा डेंगुका विरामीको संख्या उकालो लाग्ने क्रममा रहेकोले यसले विकराल रुप लिन सक्ने भन्दै सको नियन्त्रणमा सरोकारबाला सबै निकायहरुको सक्रियता देखाउन आवश्यक रहेको देखिएको बताएका छन् । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सेँढाई,सहायक प्रजिअ नेत्र प्रसाद शर्मा, जिल्लाका तिन वटै सुरक्षा निकायका प्रमुख,मकवानपुरका विभिन्न स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख,गैर सरकारी संस्था, संचारकर्मी, मकवानपुरमा क्रियाशिल संघ,संस्था,टोल विकासका प्रतिनिधी,रेडक्रस सोसाइटी,हेटौँडा अस्पतालका मे सु,जिल्लाका विभिन्न निजी अस्पतालका प्रतिनिधी, औषधी व्यवसायी र अटो मोबाइल एसोसिएसना प्रतिनिधिकाको उपस्थतिमा भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले अघिल्लो आर्थीक बर्षको जिल्लाको १० वटै स्थानीय तहमा डेंगु संक्रमणको अवस्था,मृत्यु भएकोको संख्या,स्वास्थ्य कार्यालय र स्थानीय पालिकाले डेंगु रोकथाममा चालेका कदमको बारेमा जानकारी गराएका थिए । 
त्यसैगरी कार्यक्रममा बोल्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद सँेढाइले डेंगु रोकथाममा सबै लाग्नुपर्ने भन्दै त्यसका लागि आवश्यक कदम चालिने बताए । यता नेपाल रेर्डक्रस सोसाइटी मकवानपुरका सभापती लाला बहादुर थापा मगरले यसपटक रेर्डक्रस सोसाइटीको सक्रियतामा सेतो रगत बनाउन उपकरणको जिल्लामै व्यवस्था भएको जनाएका छन् ।  त्यसैगरी हेटौँडा अस्पतालका निम्ति मे सु रामचन्द्र सापकोटाले अस्पतालका यस पटक डेंगु किट अभाव हुन नदिने र बेड थप्ने क्रममा अस्पताल रहेको बताए । हेटौँडा उपमहानगरपालिका स्वास्थ्य समन्वय प्रमुख भोला चौलागाईले  नगर क्षेत्रमा डेंगुका विरामी फेला परेपछि यसको नियन्त्रणका लागि काम थाल्ने जनाएका हुन् । उनले पहिलो चरणमा सचेतनाका लागि माईकिङ गरिसकेको बताउँदै लामखुट्टेको बासस्थान नष्ट गर्न सचेतना जगाउने, डेंगु देखिएका क्षेत्रमा लामखुट्टे मार्न सर्च एण्ड डिस्ट्रोय अभियान संचालन गरी औषधी छर्ने काम अघि बढाउने बताए । त्यसैगरी गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटा र उपभोक्ता हित संरक्षण केन्द्रका बासु खतिवडाले डेंगु नियन्त्रणका लागि कार्यदल गठन गर्न सुझाव दिदै किट र रगत जाँचमा एकरुपमा हुनुपर्ने बताएका थिए । त्यसैगरी पत्रकार सुनिल शिवाकोटीले डेंगु नियन्त्रणमा प्रशासन, स्वास्थ्य निकायले विशेष कार्यक्रमनै बनाएर अगाडि बढ्नुपर्ने बताए ।त्यसैगरी औषधी व्यवसायी संघका प्रतिनिधी र आटो मोबाइल एसोसिएसना प्रतिनिधिले प्रशासन र स्वास्थ्य निकायको विशेष कार्यक्रममा साथ दिने प्रतिवद्धता व्यक्त गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

थप समाचार