२३ साउन,हेटौँडा । मंगलबार बिहान मकवानपुरको बागमती–५ सिक्रे दोभानमा पहिरोमा परी वेपत्ता भएका पाँचजनाको खोजी कार्य मंगलबारका लागी स्थगित गरिएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।
घटनास्थल दुर्गम स्थानमा रहेको, सडक मार्ग अप्ठेर रहेको र भेल आउन सक्ने र रातको समयमा खोजि तथा उद्धार कार्य कठिन हुने भएकाले खोजि कार्य आजलाई रोक्नुपरेको प्रवक्ता कार्कीले बताएका छन् । रातको समयमा खोजिकार्यका लागी प्रहरीसँग पर्याप्त सामाग्री नभएको र प्रहरी पनि सिमित र असुरक्षित हुने भएकाले खोजि कार्य स्थगित गरिएको जनाएका हुन् । “बुधबार बिहानैबाट आवश्यक तयारी र थप टोली सहित पहिरोमा वेपत्ता भएकाको खोजि कार्यलाई निरन्तरता दिनेछौँ– डिएसपी कार्कीले भने ।
खोजि कार्यमा जिल्ला प्रहरी कार्यलय, इलाका प्रहरी कार्यलय फापरवारी,प्रहरी चौकी भोर्लेनी र झुरझुरेबाट प्रहरी निरीक्षकको कमाण्डमा करिब ३५ जना जनशक्ति परिचालन गरिएको जनाइएको छ । उक्त पहिरोमा बेपत्ता भएका ६ जना मध्ये सिन्धुली हरिहरपुर–१ कोकटीका बस्ने १७ बर्षीय पासाङ घिसिङको घाइते अवस्थामा उद्धार गरिएको छ । विहानदेखि हराइरहेका उनलाई अपरान्ह घटनास्थलदेखि ६÷७ किलोमिटर तल बगेरीस्थित बागमती खोलामा मुढामा तैरिएको अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।पहिरोमा परेका ६० बर्षीय अक्कल बहादुर स्यांतान, निजकी छोरी २२ बर्षीय शिला पहरी, शिलाका श्रीमान २५ बर्षीय जिबन पहरी, शिलाकी ४ बर्षीय छोरा मिलन पहरी, डेढ बर्षीया छोरी दिब्या पहरी अझै बेपत्ता रहेका छन् ।पहिरोमा परि उद्धार गरिएकी अक्क्ल बहादुरकी श्रीमती ५५ बर्षीया सन्त माया स्यांतानको उपचारको विहान फापरवारीस्थित स्वास्थ्य संस्थामा मृत्यु भएको थियो ।
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


-1789608059.jpg)















