Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मालपोत अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुदा दायर

Screenshot_20230810_06580-1691630006.jpg

२५ साउन, बीरगञ्ज । मालपोत कार्यालय बीरगञ्ज मालपोत अधिकृतसहित ६ जनामाथि भ्रष्टाचार मुदा दायर भएको छ ।
बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गराएको हो ।
भ्रष्टाचार मुद्दा दायर भएकाहरुमा मालपोत कार्यालय, वीरगञ्जका मालपोत अधिकृत हरिनारायण मिश्र, मालपोत अधिकृत सनदकुमार द्विवेदी ब्राह्मण, मालपोत अधिकृत चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नायब सुब्बा रामेश्वरप्रसाद साह र नायब सुब्बा लेखनाथ भट्टराई छन् ।
अख्तियारले रामेश्वर प्रसाद साहलाई ७ लाख ५१ हजार ८०९ रुपैया ९० पैसा जरिवाना, कमोद तिवारीलाई २३ हजार ४९५ रुपैया ५० पैसा, चन्द्र बहादुर भण्डारीलाई चार लाख ७८ हजार ८०८, लेखनाथ भट्टराईलाई ३९ हजार ५७ रुपैया ५० पैसा, हरिनारायण मिश्रलाई ६१ हजार २४३ रुपैया ७६ पैसा र प्रतिबादी सनद कुमार द्वीवेदी ब्रह्मणलाई दुई लाख २७ जहार ५५६ रुपैया ४० पैसा जरिवाना मागदावी गरेको छ ।
रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कन भन्दा कम मूल्य राखी राजश्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा राजश्व हिनामिना गरेको पुष्टि भएपछि उनीहरु बिरुद्ध मुदा दायर गराइएको अख्तियारका प्रबक्ता भोला दाहालले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मुगु केन्द्रबिन्दु भएर दुई पटक भूकम्प
Earthwuake-Wave-New-768x3-1789521529.jpg

३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789521345.jpg

३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

थप समाचार