वृक्षारोपण गर्दै बागमती प्रदेश सदस्य ईन्द्र बहादुर बानियाँ
२५ साउन, हेटौँडा । आठौं राष्ट्रिय सामुदायिक वन दिवसको अवसरमा रानी सामुदायिक वन उपभोक्ता समूहले विपी गणेशमान स्मृति शान्ति पार्कमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
वन समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपानेको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम प्रदेश सांसद ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै नेता बानियाँले पिस पार्कलाई धार्मिक पर्यटकीय पार्क बनाउनु पर्नेमा जोड दिएका छन् । नेता बानियाँले ६ नम्बर वडा र सम्रग हेटौँडाको गहनाका रुपमा रहेको पार्कलाई आय आर्जनको रुपमा समेत विकास गरिनुपर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा धुपी, मेङगो स्टीक, रक्तचन्दन लगायतका विरुवाहरुको वृक्षारोपण गरिएको थियो ।
कार्यक्रममा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, हेटौँडा ७ का वडा अध्यक्ष दामोदर गौतम, हेटौडा–६ का वडा सदस्य लेखराज ढकाल, विजय पौडेल, मुना बिक, निवर्तमान वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, पर्यटन विकास आयोजना, हेटौडाका निमित्त प्रमुख रोशन कुमार श्रीबास्तव, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सवडिभिजन वन कार्यालय हेटौडाका फरेष्टर यदु कुमार घिमिरे, नेवि संघ केन्द्रीय सदस्य मिलन पुडासैनी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष उदय बिडारी, समूहका उपाध्यक्ष केशव धिताल, वन समूहका कार्यसमिति, लेखा समिति, सल्लाहकार, सञ्चारकर्मी, स्थानीय लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको आय ब्यय विवरण प्रस्तुत गरेका थिए भने पार्कका सचिव भरत सापकोटाले पार्कले गरेका विभिन्न गतिविधीको बारेमा जानकारी गराएका थिए ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका अवलोकनकर्ताहरुलाई अबलोकनको लागि उपयुक्त स्थान बनाउने उद्धेश्यका साथ पार्क निर्माण गरिएको हो । यस पार्क भित्र गोलघर, कार्यालय भवन, किराँतेश्वर महादेवको मन्दिर, व्याडमिन्टन कोर्ट, टिकटक गेट, शौचालय निर्माण भैसकेका छन भने विपी, गणेशमान, मनमोहन, पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल लगायतका कार्यहरु गरिने पार्क समितिले जनाएको छ । कार्यक्रम मार्फत पार्क निर्माणमा सहयोग पुर्याउने व्यक्त्विलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















