२७ साउन,हेटौँडा । विशेष आन्तिरीक अभियानमा होमिएको नेपाली कांग्रेसको अभियानलाई सफल पार्न नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तिरीक अभियानका लागि हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको हो ।
कांग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनिको सभाध्यक्षतामा समितिको शुक्रबार बसेको बैठकले शनिबार र आइतबार वडास्तरीय विशेष आन्तिरीक अभियानका केन्द्रीय कार्य समितिको कार्यविधि अनुसार वडा सभापति,जिल्ला प्रतिनिधी,प्रदेश प्रतिनिधी र केन्द्रीय प्रतिनिधीको प्रत्यक्ष सम्पर्कमा रहने गरी प्रतिनिधि खटाइएका कांग्रेस हेटौँडा नगर सचिव हर्क रत्न लामाले बताएका छन् । बैठकमा कांग्रस बागमती प्रदेश सदस्य तथा प्रदेश प्रतिनिधी कैलाश कोइराला, जिल्ला प्रतिनिधी प्रभात कुमार दाहाल, लगायत नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिका पदाधिकारी,हेटौँडाका कांग्रेसबाट निर्वाचीत वडाअध्हरुको सहभागिता रहेको थियो । त्यसैगरी कांग्रेस हेटौँडा नगर कार्य समितिले विभिन्न विभागमा संयोजक र सह–संयोजक चयन गरेको छ । कांग्रेस हेटौँडाले प्रशिक्षण विभाग संयोजकमा नगर उपसभापति रामकृष्ण कोइराला र सह–संयोजकमा लिलानाथ ढुङ्गेल
त्यसैगरी संगठन विभाग संयोजकमा कुमार पौडेल र सह–संयोजकमा कुमार तिम्लसिना र महिला संयोजकमा नगर उपसभापति डोल्मा स्याङ्बो र तरुण तथा नेपाल विद्यार्थी संघ संयोजकमा हर्क रत्न लामालाई जिम्मेवारी दिइएको नगर सभापति उत्सव ईटेनीले बताएका छन् । नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले दैविक विपत र त्यसको उद्धार कार्यका लागि कांग्रेस हेटौँडा सह–सचिव विकास बानिँयाको संयोजकत्वामा ५१ सदस्य नगर सेवा दल समेत गठन गरेको छ । सेवा दलले प्रकोप,महामारीको अवस्थामा उद्धार कार्य गर्ने र प्रशासनसंगको समन्व्यमा प्रकोप,महामारीमा खट्ने ईटेनीले बताएका छन् ।
विशेष आन्तिरीक अभियानका लागि कांग्रेस हेटौँडाले खटाएका प्रतिनिधीहरु
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...


















