२७ साउन,हेटौँडा । विशेष आन्तिरीक अभियानमा होमिएको नेपाली कांग्रेसको अभियानलाई सफल पार्न नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको छ । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको शुक्रबार बसेको बैठकले कांग्रेसको अभियानको रुपमा चलिरहेको विशेष आन्तिरीक अभियानका लागि हेटौँडाका १९ वडामा प्रतिनिधि खटाएको हो ।
कांग्रेस हेटौँडा नगर सभापति उत्सव इटेनिको सभाध्यक्षतामा समितिको शुक्रबार बसेको बैठकले शनिबार र आइतबार वडास्तरीय विशेष आन्तिरीक अभियानका केन्द्रीय कार्य समितिको कार्यविधि अनुसार वडा सभापति,जिल्ला प्रतिनिधी,प्रदेश प्रतिनिधी र केन्द्रीय प्रतिनिधीको प्रत्यक्ष सम्पर्कमा रहने गरी प्रतिनिधि खटाइएका कांग्रेस हेटौँडा नगर सचिव हर्क रत्न लामाले बताएका छन् । बैठकमा कांग्रस बागमती प्रदेश सदस्य तथा प्रदेश प्रतिनिधी कैलाश कोइराला, जिल्ला प्रतिनिधी प्रभात कुमार दाहाल, लगायत नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिका पदाधिकारी,हेटौँडाका कांग्रेसबाट निर्वाचीत वडाअध्हरुको सहभागिता रहेको थियो । त्यसैगरी कांग्रेस हेटौँडा नगर कार्य समितिले विभिन्न विभागमा संयोजक र सह–संयोजक चयन गरेको छ । कांग्रेस हेटौँडाले प्रशिक्षण विभाग संयोजकमा नगर उपसभापति रामकृष्ण कोइराला र सह–संयोजकमा लिलानाथ ढुङ्गेल
त्यसैगरी संगठन विभाग संयोजकमा कुमार पौडेल र सह–संयोजकमा कुमार तिम्लसिना र महिला संयोजकमा नगर उपसभापति डोल्मा स्याङ्बो र तरुण तथा नेपाल विद्यार्थी संघ संयोजकमा हर्क रत्न लामालाई जिम्मेवारी दिइएको नगर सभापति उत्सव ईटेनीले बताएका छन् । नेपाली कांग्रेस हेटौँडा नगरकार्य समितिले दैविक विपत र त्यसको उद्धार कार्यका लागि कांग्रेस हेटौँडा सह–सचिव विकास बानिँयाको संयोजकत्वामा ५१ सदस्य नगर सेवा दल समेत गठन गरेको छ । सेवा दलले प्रकोप,महामारीको अवस्थामा उद्धार कार्य गर्ने र प्रशासनसंगको समन्व्यमा प्रकोप,महामारीमा खट्ने ईटेनीले बताएका छन् ।
विशेष आन्तिरीक अभियानका लागि कांग्रेस हेटौँडाले खटाएका प्रतिनिधीहरु
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...


















