२८ साउन, हेटौंडा । बागमती प्रदेश युवा परिषद हेटौँडाले शनबािर २४ औं अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ । हरेक वर्ष अगष्ट १२ मा मनाइने उक्त दिवसको अवसरमा हेटौंडामा अन्तरक्रिया आयोजना गर्दै दिवस मनाएको हो ।
‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ नबप्रवर्दन र उद्यमशिलतामा हरित सीप विकास’ भ्न्ने नाराका साथ मनाइएको कार्यक्रममा प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको सभाध्यक्ष तथा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एका लाल श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले युवाहरुलाई स्वदेशमानै टिकाउने वातावरण सरकारले तयार गर्नुपर्ने बताएका थिए । उनले यसका लागी युवामैत्री कानुन निर्माणका लागी आफ्नो भूमिका सशक्त रहने दावी गरे ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभाका सदस्य भारती पाठकले युवा परिषदले मात्रै युवा सम्बन्धि कार्यक्रम गर्ने भन्दा पनि तीन तहका सरकारनै लाग्नुपर्ने बताइन् । उनले युवा सम्वन्धि अन्तर्राष्ट्रिय मुद्दाहरुमाा सरकारले ध्यान दिन आवस्यकता रहेको औल्याइन् ।
यस्तै परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले युवाहरुले अब स्वदेशमानै सिप सिकेर आत्मनिर्भर बन्ने तर्फ लाग्नुपर्नेमा जोड दिए । उनले परिषदले युवाहरुलाई आत्मनिर्भ बनाउँन तालिम र सिपसँगै अवसर समेत प्रदान गर्दै आएको जानकारी दिए । उपाध्यक्ष चौलागाईँले युवाहरुले पनि आफ्नो उत्तरदायित्व र जिम्मेवारी बुझ्नुपर्ने समय आएको बताए । उनले युवाहरुले आप्mनो जिम्मेवारी बुझ्न नसके परिवर्तन र उपलब्धी सम्भव नहुने स्पष्ट पारे ।
वल्र्ड बैंकका कन्सलटेण्ड सन्दीप श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सचिब बलराम निरौला लगायतकाको उपस्थिति रहेको थियो ।
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...






-1789608059.jpg)











