३० साउन,हेटौँडा । डिभिजन सडक कार्यालये सूचना निकालेर गर्ने भनेको हेटौंडा–१५ देखि हेटौँडा–१० राप्ती पुल सम्मको विस्तार कार्य फेरि अन्यौल बनेको छ । विस्तार कार्यका लागि सर्वोच्च अदालत सम्बन्धीत पक्षलाई छलफलका लागि बोलाएको साउन २१ गतेको पेशि हिजो २९ गते सरेको र २९ गतेलाई तोकेके पेशी पुनः सरेपछि विस्तार कार्य फेरि अन्यौल बनेको हो ।
सर्वोच्च अदालतले साउन २९ गते सोमबारका लागि तोकेको पेशी हेर्न नभ्याइनेमा परेपछि सवोच्चले आगामी भदौ ५ गतेका लागि अर्को पेशी तोकेको छ । सोमबारको सर्वोच्चको पेशी न्यायाधीस अनिल कुमार सिन्हा र न्यायाधीस कुमार रेग्मीको संयुक्त इजलास नम्बर–३ मा परेको थियो । उक्त इजलाशमा गत असार ३१ मा दर्ता भएको सिता कार्कीसमेत ६ जनाले दायर गरेको सडक डिभिजन कार्यालय हेटौडा मकवानपुर विरुद्धको मुद्धामा उत्प्रेषण मुद्धामा भएको अल्पकालीन अन्तरिम आदेश, साउन ३ मा मनिष श्रेष्ठ, साउन ४ मा प्रमोद श्रेष्ठ, साउन ७ मा विजयलाल जोशी, भीमसेन श्रेष्ठ, साउन १० मा धर्मकृष्ण श्रेष्ठ, उत्तम शर्मा ढकाल, केशव श्रेष्ठ, रिनाकुमारी दास, साउन ११ मा बलदिप कुमार क्षेत्री, जीवन कुमार मानन्धर, नानु जोशी, साउन १२ मा अबिनाश श्रेष्ठ, विरेन्द्र लाल गोर्खाली, भिम कुमारी बर्तौला, साउन १४ मा नविन शाक्य, साउन १५ मा जगतमाया श्रेष्ठ, साउन १७ मा गोविन्द गोर्खालील सर्वोच्चमा सडक डिभिजन कार्यालय हेटौंडा मकवानपुर विरुद्धको उत्प्रेषण रिट दायर गरेका थिए । त्यस्तै साउन ३ मा सीता ढकाल जिल्ला प्रशासन कार्यालय मकवानपुर विरुद्ध दायर गरेको उत्प्रेषण परमादेश सम्बन्धी रिट, साउन ८ मा कृष्ण प्रसाद कडेल, साउन ९ मा ज्योति नकर्मी, साउन ११ मा तिर्थ प्रधान, विजाया कुमारी कटुवाल, साउन १४ मा रिता कुमारी मानन्धर, साउन १६ मा अर्चना शर्मा रिजाल , साउन १७ मा अनिल कुमार कलवारले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय विरुद्ध दयर गरेको उत्प्रेरणा रिट,साउन ९ मा कृष्णगोपाल श्रेष्ठ, रवि लक्ष्मी श्रेष्ठ, साउन ११ मा बासुदेव श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार काठमाडौं विरुद्ध दायर गरेको उत्प्रेषण रिटको पेशी सरेको हो । सर्वोच्चले गत २१ गते तोकीएको सडक विस्तारको उक्त मुद्धाको पेशीमा सर्वपक्षीय छलफलका लागि उपस्थित हुन आदेश गरेको थियो । गत साउन १६ गतेदेखि सो मुद्धाहरुको पेशी लगातार सर्दै आएको छ । १६ गतेका लागि तोकीएको पेशी २१ गतेका लागि सरेको थियो भने २१ गतेपनि सो रिटहरु हेर्न नभ्याइनेमा परेको थियो । हेर्न नभ्याइनेमा परेको उक्त मुद्धाहरुको २९ गतेका लागि पेशी तोकीएको थियो । सर्वोच्चले २९ गतेका लागि तोकेको पेशीमा पनि छलफल हुन सकेन । हेटौंडाको सडक विस्तार सम्बन्धी रिट सर्वोच्चमा हेर्न नमिल्नेमा परेपछि पुनः भदौ ५ गतेका लागि पेशी तोकिएको हो । यता सर्वोच्चले पेरी सारेपछि हेटौँडाको सडक विस्तार कार्य अन्यौल बनेको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















