३० साउन, हेटौंडा । अविरल बर्षाका कारण बागमती प्रदेशमा भएको प्राकृतिक विपत्तिमा उद्धार तथा राहतका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिले अपिल गरेको छ । प्रदेश सभापति ईन्द्रबहादुर बानियाँद्वारा जारी विज्ञप्तिमा पछिल्ला दिनहरूमा अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न जिल्लाहरुमा भएको प्राकृतिक विपत्तिबाट जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै राहतका लागि आग्रह गरेको हो ।
निरन्तर वर्षाका कारण पहाडी भू–भागमा पहिरो र नदिहरूमा पानीको बहाव बढ्दा तटीय क्षेत्रका नागरिक उच्च जोखिममा रहेको विज्ञप्तिमा उल्लेख छ । ‘त्यसैले बागमती प्रदेश सरकारले विपदको पूर्व तयारी र जोखिम सम्भाव्य क्षेत्रहरूको पहिचान गरी त्यस क्षेत्रका नागरिकलाई सम्भाब्य जोखिमबारे पुर्व जानकारी दिई सुरक्षित रहने वातावरण बनाउनु जरुरी छ । यसका लागि प्रदेश सरकार अन्तरर्गतका निकायहरूलाई जोखिमी क्षेत्रहरूको निगरानीका लागि आफ्ना सबै संयन्त्र परिचालन गर्नु आवश्यक छ ।’–विज्ञप्तिमा उल्लेख छ ।
प्रदेशभर प्राकृतिक विपत्तिमा परेका नागरिकलाई तत्काल उद्धार, आवश्यक स्वास्थ्य उपचार, उचित राहतका साथै क्षतिपुर्ति प्रदान गर्न कुनै पनि कसर नराख्न र तयारी अवस्थामा रहन बागमती प्रदेश सरकारसंग नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले अपिल गरेको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















