Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थीहरुद्वारा विपी गणेशमान स्मृति पार्कको अबलोन

fs-1692361008.jpg

१ भदौं, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, शान्तिटोलमा रहेको मुनलाइट ईन्टरनेशनल स्कूलमा कक्षा–५ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन ।
विद्यालयको शैक्षिक सत्र २०८० को वार्षिक कार्यक्रम अनुसार वातावरण संरक्षण, सचेतना, ब्यवहारिक ज्ञान प्रदान, स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम अन्तरगत पिस पार्कको अवलोकन गरिएको विद्यालयका दिब्या दाहालले बताइन  । 
विद्यार्थीहरुलाई विपी गणेशमान स्मृति शान्ति पार्कका सचिव भरत सापकोटा भीमसेन पौडेलले पार्कको बारेमा जानकारी गराएका थिए । 
विद्यालयले सो अवसरमा टपरी गास्ने तरीका सिकाउनुको साथै चित्रकला प्रतियोगिता र नृत्य समेत प्रस्तुत गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरुले पार्क क्षेत्रको सरसफाई गर्नुको साथै विभिन्न प्रजातीका विरुवाको वृक्षारोपण समेत गरेका थिए । 
रानी सामुदायिक वनको क्षेत्रभित्र निर्माण गरिएको यस पार्कमा किरातेश्वर महादेवको मन्दिर, कार्यालय भवन,शौचालय, वातावरण बाटिका, सालक केज, ब्याडमिन्टन कोर्ट, टिकटिक गेट लगायतका संरचना निर्माण भएका छन । 
भविष्यमा विपी, गणेशमान, मनमोहन र पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल, वनदेवी मन्दिर बुद्धको मूर्ती निर्माण लगायतका कार्यहरु गरिने अध्यक्ष पौडेलले बताए । यसको लागि पर्यटन विकास आयोजना, हेटौडाले डिपिआर तैयार गरिसकेको छ भने सम्पूर्ण संरचना बनाउन ९ करोड लाग्ने पार्कका अध्यक्ष भीमसेन पौडेलले बताए । सचिव भरत सापकोटाले बताए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवलोकनकर्ताहरुको अवलोकन गर्ने थलोको रुपमा विकास गराई दिगो आयआर्जन गर्ने लक्ष्य रहेको पार्क समितिले जनाएको छ । 
हेटौडा बजार देखि ६ किलोमिटर पूर्व रानी सामुदायिक वनको क्षेत्र भित्र प्राकृतिक दृष्यावलोकन गर्दै पार्कको मज्जा लिन सकिने यस पार्कमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढिरहेका छन । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार