२, भदौं, हेटौडा । नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । उनले एमालेले मात्रै देशको विकास गर्न सक्ने दावी गरे ।
नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक रहेको बताए ।
एमाले पार्टी मजदुर, किसान, जनजाती, पिछडिएका बर्गको उत्थान गर्ने पार्टी भएकाले एमालेको सरकारले मात्रै देशको विकास गर्न सक्ने बताए । पार्टीलाई २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने गरि कार्यकर्ताहरु जनताको माझमा जानु पर्ने बताउदै नेता ज्ञवालीले पार्टी छाडेर जाने सबैलाई आफनो मुलघर एमालेमा फर्कन आग्रह गरे ।
माधव नेपालले ललिता निवास प्रकरणमा नितीगत निर्णय गरेर गल्ती गरेकाले कानून बमोजिम कार्वाही हुनु पर्ने बताए । बैठकलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले अव पार्टीका सबै अंगहरु त्रियाशिल हुनु पर्ने बताए ।
बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा–४ का वडा अध्यक्ष एवम जिल्ला सचिव नविन सिग्देल, हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तान, जिल्ल्ला सदस्य विष्णुप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।
बैठकले पार्टीलाई गतिशिल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सामाजिक सामुदायिक संघसंस्था संयोजक बासुदेव अधिकारी, जनसंगठन समन्वय संयोजक विष्णुप्रसाद ढुङगाना, स्थानीय तह वडा संयन्त्र संयोजक विश्वराज राई, विदेशमा रहेकाहरुको तथ्याङ संकलन संयोजक लेखराज ढकाल, सामाजिक लेखा परिक्षण संयोजक श्याम प्रसाद भट्टराई, प्रचारप्रसार संयोजकमा भीमसेन पौडेललाई जिममेवारी दिईएको छ ।
विस्तारित बैठक नेकपा एमाले हेटौडा ६ नंं वडा कमिटिका अध्यक्ष विश्वराज राईको अध्यक्षतामा बसेको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

















