Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडा ६ शान्तिटोलमा घर नम्वर राख्न सुरु

ddff-1692535308.jpg

३, भदौं, हेटौडा । हेटौडा–६, शान्तिटोलमा रहेको शान्तिटोल टोल विकास संस्थाले प्रत्येक सदस्यको घरमा घर नम्वर राख्न शुरु गरेको छ । 
घर नम्वर राख्ने कार्यको शुभारम्भ गर्दै हेटौडा– ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालले टोल विकास संस्थाले रचनात्मक कार्य गरेको बताउदै यस्ता कार्य अन्य टोल विकास संस्थाले पनि गर्नु पर्ने बताए । घर नम्वरको माध्यमबाट सदस्यको पहिचान हुने टोल विकास संस्था अध्यक्ष केशव धितालले बताए । 
टंक प्रसाद सापकोटाको घरबाट घर नम्वर राख्न शुरु गरिएको हो । टोलमा हाल १ सय १० घरधुरी रहेका छन । टोल विकास संस्थाको आफनै भवन रहेको छ भने यसै भवनमा टोल विकास संस्था वडा समन्वय समितिको कार्यालय, ज्येष्ठ नागरिक वडा मञ्च र शान्ति पुस्तकालय समेत रहेको छ । संस्थामा ईन्टरनेट र टिभि समेत जडान गरिएको छ । 
भविष्यमा टोल विकास संस्थाले बचत तथा ऋण, सरसफाई, सामाजिक कार्यहरु गरिनुको साथै पिछडिएका बर्गहरुको लागि विशेष कार्यक्रम समेत सञ्चालन गरिने टोल विकास संस्था सचिव भरत सापकोटाले बताए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, सञ्चारकर्मी भीमसेन पौडेल, स्थानीय लगायतको सहभागिता रहेको थियो ।
हेटौडा–६ नंं वडामा २३ वटा टोल विकास संस्थाहरु रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार