३,भदौं, हेटौडा । हेटौंडा वडा नम्बर ६ मा देखा परेको डेंगु संक्रमण नियन्त्रण गर्न आईतवार चौघडामा हेटौडा स्वास्थ्य चौकी चौघडाको आयोजनामा सरोकारवालाहरु विच अन्ततरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।
हेटौडा स्वास्थ्य चौकी, चौघडाका प्रमुख टीएन ढुङगेलले डेंगुबाट बच्ने उपायको बारेमा जानकारी गराएका थिए ।
लामखुट्टेको टोकाईबाट यो रोग लाग्ने हुँदा सरसफाईमा विशेष ध्यान दिनु पर्ने, लामखुट्टे बस्ने स्थानमा लाभ्रा नष्ट गर्नु पर्ने, लामखुट्टे टायर भएको स्थानमा बढी बस्ने भएकाले त्यस स्थानमा दैनिक सरसफाई गर्नु पर्ने, टोल टोलमा सफाई अभियान सञ्चालन गर्नु पर्ने, स्थानीय संघसंस्थाहरु परिचालन गर्नु पर्ने लगायतका विषयहरुमा प्रमुख ढुङगेलले सहजीकरण गरेका थिए ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य विजय पौडेल, लेखराज ढकाल, सरिता सापकोटा, मुना बिक., नेपलाी काँग्रेस हेटौडा–६ सभापति रामहरि तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापति नवराज पौडेल,टोल विकास संस्था वडा समन्वय समिति अध्यक्ष बासुदेव खतिवडा, नवजीवन ज्योति क्लबका सचिव राजकुमार फुयाँल, सञ्चारकर्मी भीमसेन पौडेल, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो ।
बैठकले वडामा रहेका टोल विकास संस्था, सामुदायिक वन समूह, दुग्ध सहकारी, बचत तथा ऋण सहकारी, स्थानीय संघसंस्था, आमा समूह, सञ्चारकर्मी, विद्यालय सम्मिलित बैठक राख्ने र त्यसपछि सबैको सल्लाह अनुसार डेंगु नियन्त्रणको प्रयास गर्ने निर्णय गरेको बैठकमा सहभागि वडा सदस्य लेखराज ढकालले बताए ।
हाल हेटौडा–६ नं. वडामा २५ भन्दा बढी डेंगुका संक्रमित रहेको अनुमान गरिएको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















