४ भदौ, हेटौंडा । एक सातामा बागमती प्रदेशका ४८ हजार पशुलाई लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संचनालन गरेको खोप अभियान अन्तर्गत १३ जिल्लाका ४८ हजार ३६४ पशुमा लम्पी स्किनको खोप लगाइएको हो ।
मन्त्रालयले मातहतका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मार्फत प्रदेशका ९१ स्थानीय तहमा संचालन गरेको सप्ताहव्यापी खोप अभियान अन्तर्गत ४८ हजार ३६४ गाई भैँसी, गोरु, साँढे, पाडापाडी र बाँच्छाबाच्छीमा रोगविरुद्धको खोप लगाएको हो ।
मन्त्रालयले साउन २५ देखि भदौ १ गतेसम्म संचालन गरेको लम्पी स्किन रोगविरुद्धको खोप अभियानमा सबैभन्दा बढी खोप चितवन र सबैभन्दा कम दोलखा जिल्लाका पशुमा खोप लगाइएको छ । चितवनमा १० हजार २१९ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले जानकारी दिए ।
उनका अनुसार दोलखाको ५४९, काठमाडौँमा २ हजार ४३९, भक्तपुरमा ९२१, ललितपुरमा १ हजार ५८०, धादिङमा ४ हजार ३०१, सिन्धुलीमा २ हजार ५७८, रामेछापमा २ हजार ३३५ पशुमा लम्पी स्किन रोगविरुद्धको खोप लगाइएको छ ।
यसैगरी सिन्धुपाल्चोकमा ३ हजार २७४, मकवानपुरमा ६ हजार ८२२, काभ्रेमा ८ हजार ४११, नुवाकोटमा ३ हजार ५९७ र रसुवामा एकहजार ३३८ पशुमा लम्पी स्किनको खोप लगाइएको छ ।
मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन ३२ गतेसम्म खोप अभियान सञ्चालन गर्ने भनेपनि प्राकृतिक विपद्का कारण एकदिन थप गरेर भदौ १ गतेसम्म संचालन गरिएको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

















