५ भदौँ,हेटौँडा । हेटौँडा बजारमा रहेको आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ ।
हेटौंडा–४ कान्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१मा रहेको चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१० स्थित जय शम्भु मिष्ठान्न भण्डार, हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाईएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर, हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, मकवानपुरको सहकार्यमा सोमबार गरिको अनुगमना क्रममा ६ वटा मिठाई पसल र होटलमा फोहोर अस्वस्थकर खाने कुरा बिक्री वितरण गरिएको पाईएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाकी सुचना अधिकारी प्रगती अधिकारीले जनाए अनुसार सोमबार गरिएको अनुगमनको क्रममा अत्याधिक फोहोर गरी खाद्य पदार्थको अस्वस्थकर उत्पादन, भण्डारण र बिक्री वितरण गरेको पाईएका जानकारी दिइन् । उनले उक्त पसलहरुमा सार्वजनिक सूचना टाँस गरिएको र अर्को सूचना नभएसम्म खाद्य पदार्थको उत्पादन तथा बिक्री रोक्का गरिएको समेत बताइन । जसमा दुई वटा मिठाइ पसलमा जनस्वास्थ्यलाई असर पुग्ने गरी खानेकुरा उत्पादन भएको परीक्षणले देखिएपछि उत्पादन तथा विक्रीमा रोक लगाइको र हेटौंडा–१ स्थित चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउसमा सरसफाई तथा खाद्य पदार्थको भण्डारणलाई व्यवस्थित गर्न निर्देशन दिइएको जनाइएको छ ।
खाद्य प्रविधिले भदौ ३ गते आइतरबार हेटौंडा बजारको ७ वटा होटल, रेस्टुरेन्ट तथा मिष्ठान्न भण्डारमा अनुगमन गर्दा हेटौंडा–१० स्थित जय शम्भु मिष्ठान्न भण्डारमा स्वास्थ्यको दृष्टिकोणले असर पर्ने गरी उत्पादन तथा बिक्री भएको पाईएको त्यसैगरी हेटौंडा–१० को राजधानी स्वीट्स, हेटौंडा–१० कै न्यू स्वीट एण्ड चाट हाउस, हेटौंडा–१ को श्रेष्ठ होटल, हेटौंडा–१ को समोसा हाउस, हेटौंडा–१ कै युनिक स्वीट एन्ड चाट हाउस र हेटौंडा–२ स्थित लोकप्रिय भोजनालयमा सरसफाई र भण्डारण सुधारका लागि निर्देशन दिईएको सूचना अधिकारी प्रगती अधिकारीले बताइन् ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















