७ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण गर्न सबै सँग आग्रह गरे । विश्वमा धेरै प्रजातीको विरुवा लोप हुदै गएको र यसले मानिसलाई संकटमा पार्न सक्ने भएकोले संरक्षण आवश्यक रहेको उनको भनाई थियो ।
अहिले दार, विजय साल, सादन लगायतका प्रजातीहरु लोप हुदै गएको र यसको संरक्षण गरि भावी पुस्तालाई उपहार दिनुपर्ने बताउदै सचिव दाहालले लोप हुन लागेका प्रजातीको संरक्षणमा लाग्न वनकर्मी, जनप्रतिनिधी, संरक्षणकर्मी, सामुदायिक वन, स्थानीय लगायतलाई आग्रह गरे । लोपोन्मुख प्रजातकीको विरुवाको संरक्षण गर्न नेपाल सरकारले अन्तराष्ट्रिय क्षेत्रमा समेत प्रतिवद्धता जनाईसकेको हुँदा दारको संरक्षण गरि मकवानपुरको दारको ठेकीलाई आर्थिक उपार्जनको रुपमा विकास गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले यस क्षेत्र दारको लागि उपयुक्त स्थान रहेको हुँदा चरीचरण नियन्त्रण गरी दारको संरक्षण गर्न आग्रह गर्दै वन कार्यालयले सदैव सहयोग गर्ने बताए । बकैया गाउँपालिका उपाध्यक्ष भक्त बहादुर खत्रीले दारको गोडमेल गर्ने कार्यमा गाउँपालिकाले सहयोग गर्ने बताए ।
कार्यक्रममा डिभिजवन वन कार्यालय राप्ती, मनहरीका प्रमुख विष्णु प्रसाद आचार्यले मकवानपुरमा धेरै प्रकारका बहुमूल्य प्रजातीका विरुवाहरु रहेको बताउदै यसको संरक्षणमा लाग्न सबैलाई आग्रह गरे ।
कार्यक्रममा बकैया गाउँपालिका–१२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुर अध्यक्ष साधुराम चौलागाई, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, सव डिभिजन वन कार्यालय, बकैयाका प्रमुख नरेश पुर्वे, मकवानपुरगढीका प्रमुख डटेन्द्र गाले, शिवम सिमेन्टका अच्युत अधिकारी, सञ्चारकर्मी, स्थानीय लगायतको सहभागिता थियो ।
दार संरक्षण समितिका अध्यक्ष मान बहादुर मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा १ हजार दारको वृक्षारोपण गरिएको थियो ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















